SamwadKhabar logo

समाचार

प्राज्ञिक विद्यार्थी परिषद् द्वारा श्री जनविकास माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण

प्रमिला भुजेल

प्रमिला भुजेल

प्राज्ञिक विद्यार्थी परिषद् द्वारा श्री जनविकास माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण
११ असोज, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले काभ्रे जिल्लाको अत्यन्तै दुर्गम क्षेत्र डाँडा पारिको खानिखोला गाउँपालिका तालढङ्गा स्थित श्री जनविकास माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । विद्यार्थी परिषद्, भारत सरकार र भारतीय जनताको सहयोगमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उक्त शैक्षिक सामग्रीहरू झाेला, कपि, पेन, ज्यामिती वक्स, नेपाली अङ्ग्रेजी सिकाई पुस्तक, क्याप टाेपि आदि विद्यार्थीहरूलाई असाेज १० गते एक ओैपचारिक कार्यक्रम गरि वितरण गरेकाे हाे । वितरण कार्यक्रममा प्रमुख अतिथि खानिखोला गाउँपालिक वडा नं. ५ का वडा अध्यक्ष श्री बुद्धि बहादुर स्याङ्तान, विशिष्ट अतिथि नेपाल प्रहरीका असई कुबेर राउत, अतिथिका रूपमा विद्यार्थी परिषद्का राष्ट्रिय मिडिया कार्य प्रमुख कृष्णप्रसाद हुमागाईं, राष्ट्रिय कानुन आयाम कार्य प्रमुख भानु प्रकाश जोशी उपस्थित रहनुभएको थियोे । साथै विद्यालयका शिक्षक, शिक्षिकाहरू, स्थानीय व्यक्ति र विद्यार्थीहरूको उपस्थितिमा वितरण कार्य सम्पन्न भएको थियोे । कार्यक्रमको अध्यक्षता श्री जनविकास मा.विका प्राचार्य देशबहादुर वाईवाले गर्नुभएको थियोे । वितरण कार्यक्रममा वडा अध्यक्ष बुद्ध बहादुर स्याङतान र प्राचार्य देशबहादुर वाईवाले इतिहासमा पहिलोपटक यसरी आफ्नो क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई पढन सहयोग पुर्याउने उदेश्यका साथ पूर्व विद्यार्थीले संस्थाकाे माध्यामबाट आफ्नो विद्यालयका विद्यार्थीहरूलाई सहयोग गरेकाे भन्दै खुसि व्यक्त गर्नु भयाे । आगामी दिनमा गाउँपालिका, वडा र विद्यालयकाे तर्फबाट साथ सहयोग र सहकार्य गरेर कार्य गर्ने प्रतिवद्वता व्यक्त गर्नु भएको थियोे । कार्यक्रम विद्यार्थी परिषद्का राष्ट्रिय मिडिया कार्य प्रमुख कृष्णप्रसाद हुमागाईंले विद्यार्थी परिषद्काे कार्य र सेवा कार्यमा परिषद्ले गरेकाे याेगदानकाे बारेमा जानकारी गराउनु भएको थियोे । उहाँले विद्यार्थीहरूकाे व्यक्तित्व नेतृत्व विकास साथै रचनात्मक गतिविधि सञ्चालन गर्दै आइरहेको र त्यस क्षेत्रमा पनि कार्यहरू सञ्चालन गर्न साथ र सहयोग गर्नु वताउनु भएको थियोे ।

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि