SamwadKhabar logo

               

समाचार

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

संवाद खबर

संवाद खबर

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भिक वर्ग २०८१ सम्पन्न भएको छ । 

नयाँ स्वयंसेवकहरूको प्रशिक्षणका लागि आयोजित तीन दिने प्रारम्भिक वर्गको उदेश्य स्वयंको प्रेरणाले राष्ट्र, समाज, धर्म र संस्कृतिको सेवा गर्ने, यसको संरक्षण, संवद्र्धनका लागि प्रमाणिकता र निःस्वार्थ भावनाका साथ काम गर्ने स्वयंसेवकहरू निर्माण गर्नु हो । हिन्दू धर्म, हिन्दू संस्कृति, हिन्दू समाज र हिन्दू राष्ट्रको सर्वाङ्गीण उन्नतिका लागि कटिबद्ध देशभक्त नागरिक निर्माणका लागि संघले सञ्चालन गर्ने प्रशिक्षणको पहिलो खुड्किलो हो प्रारम्भिक वर्ग । 

वर्गमा स्वयंसेवकहरूको शारीरिक, बौद्धिक र मानसिक विकास गर्ने उदेश्यले योग, सूर्य नमस्कार, व्यायाम, नियुद्ध (आत्मरक्षा विधि), खेल, यष्टी, पदविन्यास, पदसञ्चलन अभ्यास, समता र विभिन्न बौद्धिक प्रशिक्षण– देशभक्ति गीत, प्रार्थना, मन्त्र, श्लोक, सुभाषितहरूको अभ्यास, असल नागरिकका गुण, सामुहिक जीवनको महत्व, विद्यार्थीहरूको व्यवस्थित दिनचर्या कस्तो हुनु पर्दछ भन्ने विषयमा चर्चा, संघको परिचय, हिन्दू संस्कृतिका विशेषता, महापुरुष परिचय विषयमा बौद्धिक, देशभक्तिको परिकल्पना, संघको शाखाको स्वरूप र महत्व विषयमा संवाद कक्षा सञ्चालन गरिएको थियो । 

मानसिक विकास हेतु सामुहिक भोजन मन्त्र गरेर मात्र भोजन, रात्री कार्यक्रम, आफू बसेको कोठाको सरसफाइ र व्यवस्था, चप्पल–जुत्ता मिलाएर राख्ने बानीको विकास, सूचना तथा अनुशासनको पालना, समयमा कार्यक्रममा सहभागिता रहने अभ्यासको माध्यमबाट संस्कार दिइन्छ । 

प्रारम्भिक वर्ग झापाको बिर्तामोड, धनकुटाको पाख्रीवास, मोरङको रानी, सप्तरीको हनुमान नगर, धनुषाको जनकपुर, पर्साको वीरगञ्ज, काठमाडौँको तिलगंगा, कास्कीको लेखनाथ, चितवनको टाँडी, नवलपुरको गैंडाकोट, कपिलवस्तु, बाँके, बर्दियाको गुलरिया, कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगर, रौतहटको परोहा आदि स्थानहरूमा सम्पन्न भएका छन् । 

यस्तै विभिन्न जिल्लाहरूमा वर्ग हुने क्रममा रहेका छन् । वर्गमा देशभरबाट दुई हजार आठ सय जनाको सहभागिता रहने छ । संघले प्रारम्भिक वर्ग प्रत्येक वर्ष हुने गरी यस वर्षदेखि दशैं र तिहारको बीचको समयमा तीन दिनसम्मको आवासीय रूपमा प्रारम्भ गरिएको हो । 

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

तिहारलाई कोसेली कर्णालीको स्याउ

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

सुनकोशी नदीको बेलिब्रिज आजदेखि सञ्चालनमा

सुनकोशी नदीको बेलिब्रिज आजदेखि सञ्चालनमा

६ कार्तिक, काठमाडौं । सुनकोशी नदीको बाढीले बगाएको सिन्धुलीको गोलन्जोर गाउँपालिका ७…