SamwadKhabar logo

धर्म संस्कृति

सुनसरीमा राष्ट्र सेविका नेपालद्वारा “जितिया पर्व उत्सव ” सम्पन्न

प्रमिला भुजेल

प्रमिला भुजेल

सुनसरीमा राष्ट्र सेविका नेपालद्वारा “जितिया पर्व उत्सव ” सम्पन्न
१४ असोज, काठमाडौं । तराई क्षेत्रमा बसोवास गर्ने हिन्दू महिलाहरूको महान पर्व जितिया पर्वको अवसरमा राष्ट्र सेविका नेपालले “जितिया पर्व उत्सव” कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्र सेविका नेपाल सुनसरी, इनरुवा नगरपालिकाद्वारा जितिया पर्वको उपलक्ष्यमा असोज १३ गते शनिवार आयोजित कार्यक्रम सुनसरी जिल्लाको सदरमुकाम इनरुवास्थित श्री सत्यनारायण मन्दिर सभा गृह एवं प्राङ्गणमा भव्यताका साथ  सम्पन्न भएको हो । जितिया पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी गरी तीन दिनसम्म मनाइन्छ । संस्कृतमा ‘जिवित पुत्रिका’, हिन्दीमा ‘जियतिया’ र नेपालमा तराईवासी र मधेशी महिलाहरू ‘जितिया’लाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् । यसको विशेषता र धार्मिक मान्यता विशिष्ट छ । यस जितिया पर्वमा जितबहनको कथा श्रवण गर्ने प्रचलन छ । उक्त कार्यक्रमका प्रमुख अतिथि सुनसरीको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले समाज र राष्ट्र निर्माणमा महिलाहरूको उल्लेखनीय भूमिका रहेको कुरामा जोड दिनुभयो । साथै नयाँ पुस्तालाई संस्कार हस्तान्तरण गर्नमा महिलाहरूको मुख्य भूमिका रहेको र महिला पनि पुरुष जस्तै कार्यहरू गर्न सक्ने भएकोले सबै आ–आफ्नो ठाउँबाट अगाडि बढी समाजको नेतृत्व गर्ने स्थानमा पुग्नुपर्ने विचार राख्नुभयो । उहाँले जितिया पर्वको महिमाको बारेमा वर्णन गर्दै सबैमा शुभकामना समेत दिनुभयो । विशिष्ट अतिथि रामधुनी नगरपालिकाका उपमेयर तारा थापाले वैदेशिक धर्म अपनाउनु हुँदैन, स्वधर्म नै आत्मसाथ गर्नुपर्छ । आफ्नो धर्म-संस्कृति संरक्षण संवर्द्धन गर्नुपर्नेमा जोड दिनुको साथै सम्पूर्ण महिला–दिदीबहिनी संगठित भई आफ्नो धर्म–संस्कृति–संस्कार संरक्षण गरी नयाँ पुस्तालाई र समाजलाई सहि दिशामा डो-याउने कर्तव्य हामी महिलाको भएको बताउनुभयो । सोही कार्यक्रमका आयोजक राष्ट्र सेविका नेपाल प्रचारीका राष्ट्रिय कार्यवाहिका, उर्मिला ढकालले जितियाको अवसरमा राष्ट्रका सन्तानका सुख, शान्ति र आरोग्यताको कामना गर्दै व्रत तथा उपासना गरी आफ्नो धर्म–संस्कृतिको संरक्षण गर्दै परिवार, गाउँ समाज र राष्ट्रलाई संगठित गरी सांस्कृतिक मूलय–मान्यतालाई आत्मसाथ सांस्कृतिक राष्ट्र निर्माण गर्नुपर्ने हाम्रो कर्तव्य हो भनी कर्तव्यबोध गराउनुभयो । हिन्दू स्वयंसेवक संघ नेपाल, विराटनगर विभाग कार्यवाह, श्रवण कुमार यादवले हिन्दू स्वयंसेवक संघ नेपाल र सेविका समितिले व्यक्ति निर्माणको कार्य गर्नुको साथै सम्पूर्ण हिन्दू समाजलाई संगठित गरेर संस्कारको विकास गर्ने र संगठित शक्तिद्वारा सेवा कार्य सञ्चालन गरी समाजलाई कुशल नेतृत्व निर्माण गर्ने गर्दछ । वर्तमान अवस्थामा बालबालिकाहरूमा संस्कारको कमि देखिएको र यस कमिलाई परिपुर्ति गर्न आ– आफ्नो छोराछोरीलाई अनिवार्य प्रशिक्ष्ण पठाउन आग्रह गर्दै आमा पहिलो संस्कार दिने गुरु रहेको बताउनुभयो । हिन्दू स्वयंसेव संघ नेपाल, सुनसरी जिल्ला माननीय सह संघचालक दिलिपचन्द साहका अनु अहिलेको समाजलाई नारी शक्तिले कुशल नेतृत्व दिन सक्ने समय आएको छ । राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा महिलाहरूले राष्ट्रको नेतृत्व गरिरहेको छ । यसरी नै आफ्नो धर्म संस्कार संस्कृतिको संरक्षण गर्न महिला आमा दिदिबहिनीहररूले नेतृत्व गर्नुपर्नेमा जोड दिनुभएको छ । सुशासनयुक्त संस्कार सहितको समाज निर्माण गर्नु महिलाहरुको प्रमुख दायित्व रहेको पनि बताउनु भयो । कार्यक्रम सञ्चालक मिलन मेहता यादव, सुमित्रा मेहताको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा हिन्दू स्वयंसेवक संघ नेपाल, सुनसरी जिल्ला संघचालक मा. मनोज यादव, राष्ट्र सेविका नेपाल, काठमाडौ सम्भाग सेवा प्रमुख तारा बस्नेत, नेपाल प्रहरी निरीक्षक निराला भण्डारी, राष्ट्र सेविका नेपाल, राष्ट्रिय सम्पर्क प्रमुख उशा कार्की लगायत स्थानीय महिला र स्वयंसेवकहरको उल्लेखनीय सहभागिता रहेको थियो ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

यो पनि

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …