SamwadKhabar logo

धर्म संस्कृति

मोहन श्रेष्ठद्वारा लिखित “धर्मान्तरणको धन्दा” पुस्तक विमोचन

प्रमिला भुजेल

प्रमिला भुजेल

मोहन श्रेष्ठद्वारा लिखित “धर्मान्तरणको धन्दा” पुस्तक विमोचन
२१ असोज, काठमाडौं । अनुसन्धानकर्ता मोहन श्रेष्ठद्वारा लिखित पुस्तक धर्मान्तरणको धन्दाको शनिवार विमोचन भएको छ । संस्कृतिविद् डा. जगमान गुरुङले राजधानीमा एक कार्यक्रमका बीच पुस्तकको विमोचन गर्नु भएको हो । देशका विभिन्न भागमा भइरहेको धर्मान्तरणको स्थलगत अध्ययन समावेश गरिएको पुस्तकमा नेपालमा धर्मान्तरणको धन्दा कसरी चलिरहेको छ भन्नेबारे खुलासा गरिएको छ । लेखक मोहन श्रेष्ठले १० वर्ष लामो गहिरो अनुसन्धानपश्चात् पुस्तक तयार गरेको बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङले पुस्तकमा नेपालमा धर्मान्तरणका लागि पैसाको खेल भइरहेको खुलासा तथ्यसहित गरेकोमा प्रसंशा गर्नु हुँदै धर्म जोगाउन नसक्ने समाजको अस्तित्व नरहने बताउनु भयो । उहाँले धर्मान्तरण रोक्न नसक्ने समाजको पहिचान र अस्तित्व नरहने बताउनु भयो । हिन्दु स्वयंसेवक संघका राष्ट्रिय सहप्रचारक कल्याण तिमिल्सिनाले धर्मान्तरणलाई रोक्न हिन्दुहरु एक हुन आवश्यक रहेको बताउनु भयो । धर्मान्तरण गर्न आउनेको सामुहिक पमा वैचारिक प्रतिकार हुन सके विधर्मीहरु हच्कने उहाँले बताउनु भयो । पुस्तकको बारेमा धार्मिक अभियन्ता मोहन लामा रुम्बा र अभिषेक जोशीले नेपालमा इसाई धर्म परिवर्तनको अवस्था भयावह हुँदै गएकोले पुस्तक सान्दर्भिक र यसबाट स्वधर्म संरक्षणको प्रेरणा बढ्ने टिप्पणी गर्नु भएको थियो । नेपाली चलचित्रका ख्यातिप्राप्त कलाकार निखिल उप्रेतीले धर्मान्तरण र मतान्तरणको बारेमा चुप लागेर बस्ने समय नभएकोले त्यस्तो षडयन्त्रलाई बुझेर एकताबद्ध भएर अगाडी बढ्न आवश्यक रहेकोमा जोड दिनु भयो । पुस्तकका प्रकाशक सन्तोष आचार्यले सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर, झुटो नामबाट आईडी बनाएर योजनाबद्ध तरिकाले धर्मान्तरणका गतिविधिहरू गतिविधि भईरहेको बताउनु भयो । लेखक मोहन श्रेष्ठले देशमा धर्मान्तरणका गतिविधि बढ्दै गएपछि घटनाका अवलोकन र अनुसन्धानबाट तयार भएकाले सबैको सुझाव र सल्लाहको आशा राखेको बताउनु भयो । विश्व हिन्दू परिषद्का राष्ट्रिय महासचिव जीतेन्द्र कुमार सिंहले धर्मान्तरणको षडयन्त्रलाई चिर्न पुस्तक सफल रहने बताउनु भयो ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

यो पनि

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …