SamwadKhabar logo

               

धर्म संस्कृति

धन्वन्तरी दिवस कि धनतेरस ?

प्रमिला भुजेल

प्रमिला भुजेल

धन्वन्तरी दिवस कि धनतेरस ?
तिहार त्यो पर्व हो, जसमा विभिन्न उपायले स्वस्थ शरीर, धनधान्य र सुख–समृद्धिको कामना सिद्ध गरिन्छ । यसका लागि अनेक देवीदेवताको पूजा–आराधना गर्ने विधान रहेको छ । पौराणिक प्रसंगअनुसार आजकै दिनमा भगवान् विष्णु आयुर्वेदका प्रवर्तक धन्वन्तरिको अवतार लिएर प्रकट हुनुभएको थियो । भगवान विष्णुको २२औ अवतारको रूपमा भगवान धनवन्तरीलाई लिईन्छ । आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको जयन्तीको रूपमा आरोग्यताको कल्पना गरेर मनाइने यो दिन यमपञ्चक तीहारको प्रकृति पूजासङ्ग सम्वन्धित छ । औषधि विज्ञानका प्रवर्तक भगवान् धन्वन्तरी समुन्द्रबाट अमृत लिएर प्रकट हुनु भएको थियो भन्ने पौराणिक मान्यता रहेको छ । धन्वन्तरी तथा अश्विनी कुमार औषधि विज्ञानका पुरोधा हुनुहुन्छ । दूवैको विषयमा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदमा समेत उल्लेख गरिएको छ । प्राचीनकालका ऋषिहरूले प्रकृतिलाई नै सबैभन्दा ठूलो र भरपर्दो अस्पतालका रूपमा लिन्थे । त्यस वखतमा त्यतिखेर भएका जनसंख्याका लागि यो प्रर्याप्त नै थियो । देवता र असुरद्वारा समुद्र मन्थनका क्रममा हलाहल, कामधेनु, ऐरावत, उच्चैःश्रवा अश्व, अप्सरा, कौस्तुभमणि, वारुणि, महाशंख, कल्पवृक्ष, चन्द्रमा, लक्ष्मी, कदलीवृक्ष आदिको उत्पत्तिपछि अन्त्यमा धन्वन्तरिको प्रादुर्भाव भएको थियो भन्ने शास्त्रीय मान्यता रहेको छ । हातमा अमृतले भरिएको सुवर्णकलश लिएर चतुर्भुज धन्वन्तरि प्रकट हुनु भएको थियो । जो स्वास्थ्य तथा आरोज्ञको देवता हुनुहुन्छ । उहाँको एउटा हातमा शंख, जसले साउन्ड हिलिङ्ग (ध्वनि उपचार) गर्छ भने अर्को हातमा अमृतको कलस छ जसले दिर्घायु प्रदान गर्छ । अर्को हातमा आयुर्वेदको ग्रन्थ छ, जसले आरोज्ञताको र आयुर्वेदको ज्ञान दिन्छ भने अर्को हातमा जडिबुटी छ, जसले पृथ्वीमा रहेको असंख्य रोगको उपचार गर्दछ । अमृत वितरणपछि देवराज इन्द्रको अनुरोधमा देववैद्यको पद स्वीकार गरी वहाँ स्वर्गमा बस्न थाल्नु भयो । यसर्थ आयुर्वेद अर्थात् औषधि विज्ञानका प्रवर्तक धन्वन्तरिलाई आजकै दिनमा आरोग्यका देवताको रूपमा पूजा गर्ने गरिन्छ । तपाई हामीलाई थाहा भएकै कुरा हो, काग तिहारकै दिन समुन्द्र मन्थन भएको थियो । समुन्द्र मन्थनको क्रममा ऋषि धन्वन्तरी प्रकट  हुनु भएको थियो । सोही कारण काग तिहार र ऋषि धन्वन्तरी जयन्ति नेपालमा एकसाथ मनाईन्छ । भारतमा पनि बहुसंख्यक हिन्दु भएपनि काग तिहार त्यहाँ मनाईने गरिएको पाईदैन । त्यहाँ दिवाली धुमधामसँग मनाइन्छ तर काग तिहार मनाउने समाज कमै मात्र रहेको छ । यमराजलाई जित निकालेको सन्देशमा यमराजको दूत मानेर कागलाई पुजिने गरिएको हो । धन्वन्तरी ऋषि आयुर्वेदका जन्मदाता हुनुहुन्छ । भनिन्छ, वहाँले काल अर्थात यमराजलाई समेत जित्ने विधि लिएर आउनु भएको थियो । आजभन्दा करिब दश हजार वर्षअघि (जतिबेला अरू सम्प्रदायको नाम समेत थिएन) त्यस बेलामा नै वहाँले शल्यकृयाको विधि द्वारा उपचार गरिसक्नु भएको थियो । तर पश्चिमाको नक्कल गर्न पल्किएका हामी धेरै नै बाठो भयौं र एक हात अमृत, एक हात औषधि लिएर आएका ऋषि धन्वन्तरीलाई नचिनी विज्ञान-विज्ञान भन्दै एलोपेथीक औषधिद्वारा हामी झनै रोगी र जिर्ण बन्दै गयौं । आज आयुर्वेदको प्रयोग र व्यापार पस्चिमा देशले गरिरहेको छ । दश हजार वर्ष अघि नै औषधि पत्ता लगाएको र शल्यकृया समेत गरिसकेको सभ्यता बोक्ने हामीले आज आफ्नो शास्त्र र विद्याको बेवास्ता गर्दा पस्चिमी समाजसँग आशा लगाएर बस्नु परेको छ । नेपाल भूमिमा पाईने जडिबुटिले विश्व समृद्ध र स्वस्थ्य बनाउने तागत राख्छ तर नेपालीहरुले उक्त कुरालाई बेवास्ता गर्दा स्वयं स्वस्थ्य बन्न र राष्ट्रलाई समृद्ध बनाउन समेत विदेशिको मुख ताक्नु परेको छ । धनवन्तरीलाई धनतेरस पर्व पनि भनिने गरिन्छ । धनतेरस भनेको भगवान धनवान्तरीलाई सम्झिने, स्तुति एवं प्रार्थना आराधना गर्ने दिन हो । तर धनतेरस पर्वलाई अहिले आएर धन किन्ने दिन भनेर व्याख्या गर्दै व्यापारीहरूले सुन चाँदी आदी बिक्री गर्ने दिनको रूपमा परिणत गरेको देख्न सकिन्छ । त्यसैले यस दिनमा अचेल सुन चाँदी किन्ने र घरमा धन भित्राउने चलनको विकास हुँदै गएको देख्न सकिन्छ । यद्यपी तिहारको समयमा घरमा धन भित्राउनुलाई नराम्रो चलन विकास हुँदै गएको हो भनेर भन्न मिल्दैन तर धनतेरसको अर्थ धन भित्राउनु चाहिं पक्कै होइन । धनतेरसको दिन घरमा धन भित्राएर लक्ष्मीलाई चढाउने र पुजा गर्ने जुन चलन अहिले बढ्दै आएको छ यसले पनि तिहारको महत्वलाई बढाउदै लगेको देख्न सकिन्छ । सबै कुराको आफ्नो महत्व र समय छ । धनतेरस को दिन भगवान धनवन्तरीलाई पुजा गर्ने, वहाँको ध्यान गर्ने र प्रार्थना गर्ने भन्ने कुरा आज धेरैलाई थाहा छैन । यस दिन सबैले प्रार्थना गरेर स्वास्थ्यको बरदान माग्ने दिन हो । तर अहिले स्वास्थ्य भन्दा पनि सम्पत्ती प्रति मानिसको ध्यान केन्द्रीत हुँदै गएकाले सबैलाई धन सम्पति नै चाहिएको छ । त्यसैले आजको दिनमा धन्वान्तरीको कम धनको पुजा ज्यादा गर्ने गरिएको देखिन्छ । सायद त्यसैले होला अहिलेको युगमा धन त धेरै छ तर स्वास्थ्य जीवन सबै सँग देख्न पाईदैन । धेरैलाई त धनवन्तरी भन्ने भगवान पनि हुनुहुन्छ भन्ने समेत थाहा छैन । ॐ धन्वन्तरयै नमो नमस् ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …