SamwadKhabar logo

               

मधेश प्रदेश

प्राज्ञिककाे केन्द्रीय कार्यकारिणी समिति बैठक जनकपुरमा प्रारम्भ

प्रमिला भुजेल

प्रमिला भुजेल

प्राज्ञिककाे केन्द्रीय कार्यकारिणी समिति बैठक जनकपुरमा प्रारम्भ
५ मंसिर, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे केन्द्रीय कार्यकारिणी समिति बैठक जनकपुर धाममा प्रारम्भ भएको छ । प्राज्ञिकले केन्द्रीय कार्यकारिणी समिति बैठक संगठनकाे वार्षिक कार्यकाे समिक्षा र आगामी कार्य याेजना तय गर्ने उद्देश्यले मंसिर ५, ६ र ७ गते जनकपुर धाममा बैठक कार्यक्रम सञ्चालन गरेको हो । राष्ट्रिय अध्यक्ष डा.गाेपीनाथ कण्डेल, राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, विशिष्ट अतिथि हिन्दू स्वयंसेवक संघका राष्ट्रिय प्रचारक वेद प्रकाश र राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालज्युहरूले संयुक्त रूपमा दीप प्रज्ज्वल गरि ओैपचारिक रूपमा उद्घाटन गरि कार्यकारिणी समिति बैठक प्रारम्भ गरिएको हो । उद्घाटन सत्रमा हिन्दू स्वयंसेवक संघका राष्ट्रिय प्रचारक वेद प्रकाशले जनकपुर विद्वान्हरूले सभा र सम्मेलन हुने ठाउँमा विद्यार्थी परिषद्काे यस बैठकले अझै सकारात्मक सन्देश दिने र अझै संगठनलाई अगाडि बढाउन थप उर्जा मिल्ले  बताउनु भयो । साथै उहाँले आज हरेक क्षेत्रमा राम्रो, असल र कुसल व्यक्तिमा आवश्यकता र माग भइरहेकोले साेही कार्यमा विद्यार्थी परिषद्ले आफ्नो गतिविधि सञ्चालन गरिएकोले यसमा विचार गरेर अझै निरन्तर कार्य गरिरहनु पर्ने कुरा बताउनु भएको थियोे । त्यसैगरी राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले विद्यार्थी परिषद्ले विगतमा गरेका रचनात्मक, नीतिगत कार्यक्रम, सेवा कार्य लगायतकाे विषयमा बताउनु भएको थियोे । परिषद्ले विभिन्न कलेजमा व्यक्तित्व विकास तालिम, ७ प्रदेश र केन्द्रमा शिक्षा कार्यशाला, विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण, भूकम्प प्रभावित जिल्लाहरूमा कम्बल वितरण गरिएकाे जस्ता गतिविधि बारे बताउनु भएको थियोे । मंसिर ५ गतेदेखि संचालन भएको बैठकमा देशभर सञ्चालन हुने नगर अभ्यास वर्गकाे समीक्षा र याेजना, सदस्यता अभियान, शिक्षा कार्यशालाकाे समीक्षा र आगामी याेजना, देशकाे समसामयिक अवस्थाकाे विषयमा चर्चा, दुई विशेष शैक्षिक र समसामयिक प्रस्तावहरू तयार गर्ने र त्यस माथि छलफलगरि पारित गर्ने , विभिन्न आयाम कार्यहरू इन्जिनियरिङकाे क्षेत्रमा संकल्प, कानुन क्षेत्र कार्य, कृषि तथा वन क्षेत्र कार्य, मिडिया कार्य, छात्र कार्य, जनजाति कार्य, शिक्षक कार्य, संस्कृति विद्यार्थी सम्मेलन, शिक्षक कार्य, छात्र विचार एवम् सामाजिक सञ्जाल, विश्वविद्यालय एवम् प्राविधिक तथा व्यावसायिक शिक्षा क्षेत्र कार्य, विभिन्न कार्यक्रमहरू राष्ट्रिय विचार वर्ग, नगर सचिव वर्ग, शिक्षक संवाद, विभिन्न आन्दोलनहरू, राष्ट्र व्यापी शैक्षिक अभियान, सातै प्रदेशकाे चाैथाे प्रदेश अधिवेशन जस्ता विषयहरूमा बृहत् छलफल, समीक्षा र आगामी कार्य याेजना बन्ने विद्यार्थी परिषद्ले जनाएको छ । तीन दिन सम्म चल्ने बैठकमा अलग अलग सत्रहरूमा विशेष चर्चा छलफल गरिने र अन्तिम दिन मंसिर ७ गते जानकी मन्दिर परिसरमा बृहृत नागरिक अभिनन्दन समारोहकाे पनि आयोजना हुने अध्यक्ष कण्डेलले बताउनु भएको छ । साथै केन्द्रीय सचिवालय प्रमुख दिनेश कार्कीले गत वर्षकाे केन्द्रीय कार्यकारिणी समिति बैठककाे वृत्त विवरण पेश गर्नु भएको थियोे । यस केन्द्रीय कार्यकारीणी समिति बैठकले संगठनकाे १ वर्षकाे सांगठनिक कार्ययोजना तयार गर्ने र साेही अनुसार आफ्नो गतिविधिहरू अगाडि बढाउने परिषद्ले जनाएको छ ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

सर्लाहीको पोखरीमा डुबेको कारबाट २ जनाको शव निकालियो

सर्लाहीको पोखरीमा डुबेको कारबाट २ जनाको शव निकालियो

२० कार्तिक, काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका२, भक्तिपुर मियाँखोरमा मङ्गलवार प…

दशैंका लागि जनकपुरधामको राजदेवी मन्दिर सिङ्गारिँदै

दशैंका लागि जनकपुरधामको राजदेवी मन्दिर सिङ्गारिँदै

१६ असोज, काठमाडौं । हिन्दुहरूको महान पर्व दशैंको आगमनसँगै जनकपुरधाममा अवस्थित प्रसि…

मधेशका मुख्यमन्त्री सिंहद्वारा ८ राज्यमन्त्री बर्खास्त

मधेशका मुख्यमन्त्री सिंहद्वारा ८ राज्यमन्त्री बर्खास्त

२९ साउन, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सबै ८ जना राज्यमन्त्री…

विराटनगरमा बालिकाको अपहरणको आरोपमा ३ जना पक्राउ

विराटनगरमा बालिकाको अपहरणको आरोपमा ३ जना पक्राउ

१७ साउन, काठमाडौं । सुनसरीको दुहवीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रह…