SamwadKhabar logo

               

विविध

२६४ वटा बस बिसौनी निर्माण गर्ने काठमाडौं महानगरको तयारी

प्रमिला भुजेल

प्रमिला भुजेल

२६४ वटा बस बिसौनी निर्माण गर्ने काठमाडौं महानगरको तयारी
२७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने योजना बनाएको छ । २९ औँ महानगर दिवस २०८० का अवसरमा आज महानगरपालिकामा आयोजना गरिएको महानगरपालिका र ट्राफिक प्रहरीबिच समन्वय तथा सहकार्यसम्बन्धी अन्तरक्रियामा सो योजनाको जानकारी दिइएको हो । यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ् लाइट विस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक सङ्केत र चिह्न व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारी गरेको छ । यससँगै दैनिक उपभोग्य बस्तुको ढुवानी, मालबाहक सवारी, विद्यालयका बसहरुको समय निर्धारण गर्ने, पार्किङ् व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणालीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुनेछन् । कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को पहिलो बैठक सम्पन्न भइसकेको जानकारी गराउँदै सम्बद्ध कार्यालयहरुसँग सहकार्य अगाडि बढाइएको बताउनुका साथै अहिले सानातिना सुधारका काम गर्दा प्रणालीमा सुधार आउँछ भने त्यहाँबाट सहकार्य थालौँ भनेका छन् । काठमाडौंमा अटो रिक्सा, इरिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाइने छ । अतिरिक्त प्रहरी महानिरीक्षक पोषराज पोखरेलले महानगरपालिकासँगको सहकार्यमा जनशक्तिमा प्रोत्साहन बढ्ने, प्रणालीमा सुधार हुने काम गर्न सकिने बताए। यातायात प्रणाली सुधारका विषयमा प्रस्तुतिकरण गर्दै महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले सङ्केत चिह्नहरु मिलाउन तत्काल काम थाल्नुपर्ने बताउँदै यस्ता चिह्नहरु आधिकारिक निकायले मात्र राख्नुपर्ने, अध्ययन गरेर मात्र राख्नुपर्ने भएकोले महानगरपालिकाले यसतर्फ काम गरिरहेको बताए । आफ्नो भनाइ थप्दै यस्ता चिह्नहरु देखिने, स्पष्ट र बुझ्न सजिलो हुनुपर्छ । प्रोत्साहन दिने खालका हुनुपर्छ । त्यस्तै प्रणाली सुधार गर्न धेरै काम गर्नुपर्नेछ । यस वर्ष यातायात क्षेत्रको सुधारका लागि ४४ करोड रुपियाँ छुट्याएर काम भइरहेको जानकारी दिए । अन्तरक्रियामा विभिन्न ट्राफिक पोष्टमा बसेर काम गरिरहेका इञ्चार्जहरूले आफ्नो क्षेत्रको अवस्थामा विषयमा जानकारी गराएका थिए।  

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

विमानस्थल बन्द हुने भएपछि नेपाल एयरलाइन्सको उडान तालिका परिवर्तन

विमानस्थल बन्द हुने भएपछि नेपाल एयरलाइन्सको उडान तालिका परिवर्तन

२२ कार्तिक, काठमाडौं । नेपाल एयरलाइन्सले आफ्नो अन्तर्राष्ट्रिय उडान तालिका परिवर्तन गरे…

इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त

इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त

२१ कार्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रा. धनप्रसाद पण्डितलाई इजरायलका ल…

टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता

टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता

२१ कार्तिक, काठमाडौं । टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ । सञ्चार तथा सूचन…