SamwadKhabar logo

धर्म संस्कृति

मन्त्री किराँतीको अभिव्यक्तिको विरोधमा काठमाडौंमा प्रदर्शन

प्रमिला भुजेल

प्रमिला भुजेल

मन्त्री किराँतीको अभिव्यक्तिको विरोधमा काठमाडौंमा प्रदर्शन
पुष ९, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गत बुधबार दिएको अभिव्यक्तिको विरोध जनाउँदै सनातन धर्मावलम्बी समूहले काठमाडौंमा प्रदर्शन गरेको छ । समूहले मन्त्री किराँतीको अभिव्यक्ति गैरजिम्मेवारी, गैरसंवैधानिक भएको भन्दै काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो । प्रदर्शनको र्‍याली गौशालाबाट मध्यबानेश्वरसम्म निकालिएको थियो। बुधवार क्रिसमस फेस्टिभलमा मन्त्री किराँतीले क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो र संविधान मान्दिन भन्नेहरू देशद्रोही हुन् भन्ने अभिव्यक्ति दिएका थिए । मन्त्री किरातीको अभिव्यक्तिलाई लिएर अरु राजनीतिक दलका नेता कार्यकर्ताले प्रतिक्रिया जनाएका छन् । रास्वपा सभापति रवि लामिछानेले मन्त्री किरातीले साम्प्रदायिक विद्वेष फैलाएको टिप्पणी गर्दै राजीनामा मागेका छन् । उनले लेखेका छन्, ‘संस्कृति मन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ ।’ राप्रपा महामन्त्री धवलशमशेर राणाले पनि मन्त्री किरातीले क्रिश्चियनको विरोध गरे हत्कडी लगाउनुपर्छ भनेर दिएको अभिव्यक्ति गलत भएको बताएका छन् । बिहीबार राजीनामाको मागसहित पशुपति क्षेत्रमा विरोध प्रदर्शनमा सहभागीहरुले गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर् लगायत प्लेकार्ड बोकेर नाराजुलुस गरेका थिए । मन्त्री किराँतीले दिएको अभिव्यक्तिलाई लिएर अहिले मन्त्री किराँतीविरुद्ध देशभर विरोध भइरहेको छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

यो पनि

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …