SamwadKhabar logo

               

धर्म संस्कृति

११ औँ नेपाली टोपी दिवस : ‘नेपाली टोपी नेपाली पहिचान’

प्रमिला भुजेल

प्रमिला भुजेल

११ औँ नेपाली टोपी दिवस : ‘नेपाली टोपी नेपाली पहिचान’
पुष १६, काठमाडौं । यस वर्ष ‘नेपाली टोपीः नेपाली पहिचान’ भन्ने नारासहित ११ औँ नेपाली टोपी दिवस मनाइएको छ । विगत १० वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्त्व झल्किन्छ भन्ने उद्देश्यले नेपाली टोपी दिवसको शुरूवात गरिएको हो । अभियन्ताहरूका अनुसार नेपालमा पनि कुनै बेला दौरा सुरुवाल र टोपीलाई राष्ट्रिय पोसाकका रूपमा लिइन्थ्यो तर २०६८ साल यता यी पोसाकलाई राष्ट्रिय पोसाकको सूचिबाट हटाइएको छ । ‘अहिले हामी राष्ट्रिय पोसाकविहीन छौ । तर अझै पनि दौरा सुरुवाल, टोपी र गुन्यु चोलोमा नेपालीपनको आभास हुन्छ । यो कुनै जाति विशेषको भन्दा पनि समग्र नेपालीलाई चिनाउने पहिरन हो,’ उनीहरूले भनेका छन्, ‘ अर्कोतिर नेपाली समाजले आधुनिकताको नाममा मौलिकपन भुल्दै गएका छन् । आँखा चिप्लेरै विदेशी संस्कार, खानपिन र आकर्षणमा चुर्लुम्म डुब्न थालेका छन् । अचेलका पुस्ता आधुनिक बन्ने होडमा फेसनदेखि बोलीसमेतमा पश्चिमापन झल्काउन थालेका छन् । आफ्नो पारिवारिक, सामाजिक र राष्ट्रिय विषयवस्तु अँगाल्दा पुरातन भइने डर छ युवा पुस्तामा । नजानेर होइन कि जानेरै अन्धाधुन्धरुपमा पश्चिमा प्रवृत्ति अङ्गालिरहेका छन् ।’ राष्ट्रिय पहिचान भने सङ्कटमा पर्दै गएको बताउँदै उनीहरुले जातीय पहिचानसँगै राष्ट्रिय पहिचानको पनि जगेर्ना हुनुपर्ने जिकिर गरेका छन् । युगौँदेखि प्रचलनमा रहेको, कसैको आत्मसम्मानमा चोट नपुऱ्याएको र बहुसङ्ख्यक नागरिकको प्रतिनिधित्व गर्ने नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गर्नुपर्ने बताएका छन् ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …

आज ऋषिपञ्चमी पर्व मनाइँदै

आज ऋषिपञ्चमी पर्व मनाइँदै

भदौ २३, काठमाडौँ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा …