SamwadKhabar logo

समाचार

गोकर्णेश्वरमा महिला समूहका कार्यक्रम विवाद आएपछि नगरपालिकाको ध्यानाकर्षण

प्रमिला भुजेल

प्रमिला भुजेल

गोकर्णेश्वरमा महिला समूहका कार्यक्रम विवाद आएपछि नगरपालिकाको ध्यानाकर्षण
२० पुष, काठमाडौं । सामाजिक सञ्जालमा गोकर्णेश्वर नगरपालिकामा रहेका महिला समूहको नाममा गरिएका कार्यक्रमको सम्न्धबमा विवाद बढेपछि महिला समूहका प्रतिनिधिले नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । समूहहरूले सीपमूलक तालिम र सांस्कृतिक अधिकारका लागि नगरपालिकासँग सम्झौता गरेर कार्यक्रम गरे पनि सामाजिक सञ्जालमा नकारात्मक रुपमा सम्प्रेषण गरिएको भन्दै महिला समूहका प्रतिनिधिले नगर प्रमुख, उपप्रमुख लगायतको ध्यानाकर्षण गरेका छन् । बिहिवार महिला समूहका प्रतिनिधिले नगर प्रमुख दिपक रिसाल, उपप्रमुख सान्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलाई भेटेर ध्यानाकर्षण गराएका थिए । अहिले सामाजिक सञ्जालमा महिला समुहका कार्यक्रमका नाममा पक्ष विपक्षमा दोहोरि चलिरहेको छ । कामको मुल्यांकन नगरी एकतर्फि सामाजिक सञ्जालमा महिला अधिकार र समुहको विरुद्धमा प्रचारबाजी बढेकोले नगरपालिकाको तर्फबाट सत्यतथ्य प्रष्ट पारिदिन महिला समूहका केही प्रतिनिधिले नगरपालिकाको ध्यानाकर्षण गराएको प्रगति महिला समूहका अध्यक्ष फुलमाया गुरुङ (प्रिती)ले जानकारी दिनुभयो । भेटमा नगरप्रमुख दिपक रिसालले महिला सशक्तिकरणका कार्यक्रम गर्नु पालिकाको दायित्व रहेकोमा जोड दिनु हुँदै महिला समुहका कार्यक्रमहरू प्रभावकारी रहेको बताउनु भयो । उत्पादन, रोजगारी सिर्जना, व्यवसायिकताको अभिवृद्धि, महिला सशक्तिकरणका लागि भएका कार्यक्रमको सन्दर्भमा सामाजिक सञ्जालमा अफवाह फैलाउने प्रयास भएको बताउनु भयो । महिलाको क्षमता विकास गरी उद्यम विकासमा लागेका महिला समुहको मनोबल गिर्ने गरी सामाजिक सञ्जालमा ल्याइएका विवाद प्रति नगर प्रमुख रिसालले दुःख व्यक्त गर्नु भयो । नगरपालिकाले अभिमुखिकरण कार्यक्रम, सीपमुलक तालिम, उद्घोषण जस्ता महिला विकासका कार्यक्रममा सहयोग गरेकोले अहिले मिनि गार्मेण्ट, तेल मिल, अचार जस्ता उद्यम विकासमा महिला समूह सक्षम भएको रिसालले बताउनु भयो ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि