SamwadKhabar logo

               

धर्म संस्कृति

पशुपतिनाथको आरतीको फोटो भिडियोमा कपीराइट प्रकरणको तिव्र विरोध

प्रमिला भुजेल

प्रमिला भुजेल

पशुपतिनाथको आरतीको फोटो भिडियोमा कपीराइट प्रकरणको तिव्र विरोध
पुष २०, काठमाडौं ।  पशुपतिनाथको आरतीको भिडियो फोटोको कपीराइट प्रकरणको चौतर्फि विरोध भइरहेको छ । बुढासुब्बा डिजिटलको तर्फबाट बिहीवार  एउटा सूचना जारी भए पछि सामाजिक सञ्जाल त्यसको विरोधमा तातिएको हो । सूचनामा पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भनिएको थियो । उक्त क्षेत्रमा खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रायोजनका लागि राखिएमा डिजिटल कपी राइट ऐन अन्तर्गत कारबाही हुने भनिएको छ । बुढासुब्बाले पशुपति विकास कोषबाट पशुपति आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको फोटो तथा भिडियो व्यावसायिक प्रयोजनका लागि सार्वजनिक गर्न नपाइने सूचना जारी गरेको हो । सूचना सार्वजनिक पछि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । कतिपयले पशुपतिको दर्शन गर्न मनाई छ, गरे कारबाही हुन्छ भने भो नि भन्दै विरोध गरिरहेका छन् । कतिपयले किन र केका लागि भिडियो खिच्न नपाउने भन्दै प्रश्न गरिरहेका छन् । नेपाली सांस्कृतिक सम्पदाको केन्द्र, हिन्दू सभ्यताको मूल क्षेत्र पशुपतिनाथ विश्वभरका हिन्दूहरूको आश्थाको केन्द्र हो । विश्वभरबाट हिन्दू बौद्ध शिख जैन पशुपतिनाथको दर्शन गर्न आउँछन् । यस्तो पवित्र स्थानमा आउँदा फोटो भिडियो खिच्नु सामान्य कुरा भए पनि बुढासुब्बा डिजिटलको तर्फबाट पशुपतिनाथको आरतीको भिडियो फोटोमा कपीराइट लाग्ने सूचना जारी भए पछि यो प्रकरणको चौतर्फि विरोध भइरहेको छ । धार्मिक साँस्कृतिक सम्पदाको महत्वलाई निजी सम्पत्ति झैं कपीराइट लाग्ने भनिए पछि सामाजिक सञ्जालमा विरोध हुनु स्वाभाविकै देखिन्छ ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …

आज ऋषिपञ्चमी पर्व मनाइँदै

आज ऋषिपञ्चमी पर्व मनाइँदै

भदौ २३, काठमाडौँ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा …