SamwadKhabar logo

               

विविध

राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा विष्णुदेवि पुडासैनी मनोनित

प्रमिला भुजेल

प्रमिला भुजेल

राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा विष्णुदेवि पुडासैनी मनोनित
पुष २३, काठमाडौं । नेपाली कांग्रेसकी पूर्व महासमिति सदस्य तथा नेपाल महिला संघकी काठमाडौं जिल्ला सभापति विष्णुदेवि पुडासैनी राष्ट्रिय सभा सदस्यको उम्मेदवार मनोनयन हुनु भएको छ । आइतवार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति वैठकले पुडासैनीलाई वागमति प्रदेशबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा मनोनयन गरेको हो । सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको वैठकले पुडासैनीसहित १० जनालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा मनोनयन गरेको छ । मनोनयन हुनेहरुमा बागमती प्रदेशबाट विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला, मधेश प्रदेशबाट आनन्दप्रसाद ढुंगाना, गण्डकी प्रदेशबाट किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार, लुम्बिनी प्रदेशबाट विष्णुकुमारी सापकोटा, कर्णाली प्रदेशबाट कृष्णबहादुर रोकाया, सुदूरपश्चिम प्रदेशबाट बलदेव बोहरा र नारायणदत्त भट्टलाई उम्मेदवारमा मनोनित गरेको छ । नेपाली कांग्रेसले सार्वजनिक गरेको निर्णयमा भनिएको छ– “राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा १८ को प्रयोजनका लागि संवत् २०८० माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा राष्ट्रिय सभा सदस्य पदका लागि नेपाली कांग्रेस केन्द्रीय संसदीय समितिको २०८० पौष २२ गते बसेको बैठकद्वारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३२(९) बमोजिम तपसीलका उम्मेदवार मनोनयनको निर्णयलाई यो वैठक पारित गर्दछ ।” राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते बिहीवार हुँदैछ ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि कास्कीबाट रुपन्देही पठाइयो

पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि कास्कीबाट रुपन्देही पठाइयो

५ कार्तिक, काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहनुभएको नेपाल प्रहरीका प…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गर्ने

रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गर्ने

५ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टीका सभापति रवि ला…