SamwadKhabar logo

               

धर्म संस्कृति

१० औं तारेभिर पर्यटन महोत्सव सम्पन्न

प्रमिला भुजेल

प्रमिला भुजेल

१० औं तारेभिर पर्यटन महोत्सव सम्पन्न
माघ २, काठमाडौं । हरेक वर्ष माघ १ गते आयोजना हुने १० औं तारेभिर पर्यटन महोत्सव सम्पन्न भएको छ । तारेभिर महिला समुहले आयोजना गरेको पर्यटन महोत्सवलाई संघीय सांसद सन्तोष चालिसेले उद्घाटन गर्नु भएको थियो । कार्यक्रमलाई वागमति प्रदेशसभा सदस्य बिमल ठकुरी, नगर प्रमुख दिपक रिसाल, उपप्रमुख सान्नानी लामा, गोकर्णेश्वर नगरपालिका ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइकेल लगायतले सम्बोधन गर्नू भएको थियो । कार्यक्रममा पूर्व सांसद कृष्ण बहादुर राइ, संविधानसभा सदस्य रामेश्वर फुयाल, बुढानीलकण्ठका नगर प्रमुख मिठाराम अधिकारी, नगर उपप्रमुख अनिता लामा, गोनपा ३ का वडा सदस्यहरु लक्ष्मी भण्डारी, बुद्धि बहादुर श्रेष्ठ, सचिन लामा, वडा अध्यक्षहरु नवराज लामा, जयराम महत, श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, पूर्व वडा अध्यक्ष राजेन्द्र भण्डारी, पूर्व वडा सदस्य लक्ष्मण गोले, समाजसेवी हर्क बहादुर तामाङ लगायतको आतिथ्यता रहेको थियो । राजधानीको उत्तरपूर्वी भेगस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण तारेभिरको पर्यटन प्रवद्धर्नका लागि आयोजित महोत्सवलाई सयौंको सहभागिता रहेको थियो । महोत्सवमा संस्कृतिक नृत्य प्रस्तुत भएको थियो भनें परम्परागत सामानहरु प्रदर्शन भएको थियो । स्थानीय उत्पादनहरु बिक्रिवितरणका लागि राखिएका थिए । काठमाडौंको प्रसिद्ध आन्तरिक पर्यटकीय क्षेत्र, हाईकिङ क्षेत्र तथा तामाङ समुदाय र संस्कृति जीवन्त रहेको तारेभिर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार गर्ने उदेश्यले शुरु भएको यो वर्ष १० औं महोत्सव हो । गोकर्णेश्वर महादेव मन्दिरबाट १० किमीको दूरीमा रहेको तारेभिर गोकर्णेश्वर नगरपालिका–३ मा पर्छ । उपत्यकाका प्रायः सबै भाग देख्न सकिने तारेभिरमा तामाङ जातिको बाहुल्य छ । तारेभिरको सौन्दर्यसँगै तामाङ जातिको संस्कृति, वेशभूषा र नाचगानलाई बाह्य एवं आन्तरिक पर्यटकका बीच प्रचारप्रसार गर्ने उद्देश्यले विसं २०७० देखि महोत्सवको आयोजना शुरु गरिएको हो ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …

आज ऋषिपञ्चमी पर्व मनाइँदै

आज ऋषिपञ्चमी पर्व मनाइँदै

भदौ २३, काठमाडौँ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा …