SamwadKhabar logo

               

तीर्थ परिचय

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न, भारतमा नयाँ युगको थालनी

प्रमिला भुजेल

प्रमिला भुजेल

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न, भारतमा नयाँ युगको थालनी
माघ ८, काठमाडौं । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा कार्यक्रममा मुख्य भूमिका निर्वाह गरेका थिए । प्रधानमन्त्री मोदीले सोमबार अपराह्न १२ बजेर २९ मिनेटमा राममूर्तिको प्राणप्रतिष्ठा गरेर भारतमा नयाँ युगको थालनी गरेका हुन्। मन्दिरको गर्भ गृहमा मुख्य पूजासहित प्राण प्रतिष्ठा गरिएको हो । प्राण प्रतिष्ठा लगत्तै भारतीय वायुसेनाको हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो । प्राण प्रतिष्ठा कार्यक्रममा करिब १३ हजार सुरक्षाकर्मीको घेरामा देशविदेशबाट आएका ७ हजार पाहुनाहरु सहभागी छन्। प्रधानमन्त्री मोदी कार्यक्रम सुरु हुनुभन्दा आधा घन्टाअगाडि राममन्दिर परिसर पुगेका हुन्। प्राणप्रतिष्ठाअघि प्रधानमन्त्री मोदीले मन्दिरको गर्भगृहमा विशेष पूजा गरेका थिए। पूजामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, गभर्नर आनन्दीबेन पटेललगायतको उपस्थिति थियो। नेपालका जनकपुरधाम र नेपालगञ्जलगायतका स्थानमा समेत राममन्दिर उद्घाटनका अवसरमा उत्सव मनाउने कार्यक्रम सोमबार बिहानैदेखि चलिरहेको छ। प्राणप्रतिष्ठाको विशेष कार्यक्रम भारतीय समयअनुसार १२ बजेर २९ मिनेट ६ सेकेन्डमा सुरु भएर १२ बजेर ३० मिनेट ३२ सेकेन्डसम्म चलेको थियो।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

२४ साउन, काठमाडौं ।प्रत्येक वर्ष साउनभर गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसु…

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

पदम श्रेष्ठ २३ साउन, काठमाडौं । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको डहरे देउ…

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

२१ असार, काठमाडौं । धरान उपमहानगरपालिका२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको …

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

जेठ ८, काठमाडौं । पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा हरेक वर्ष चण्डीपूर्णीमाको अव…