SamwadKhabar logo

               

तीर्थ परिचय

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

संवाद खबर

संवाद खबर

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

पदम श्रेष्ठ
२३ साउन, काठमाडौं । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको “डहरे देउराली”मा करिब १०० फिट अग्लो विशाल भैरवको अर्धकद फेला परेको छ । “डहरे देउराली”को आश्रम स्थलबाट भवानी मन्दिर जाने बिच बाटोमा रहेको चौताराबाट स्पष्टसँग भगवान भैरवको शिर देख्न सकिन्छ ।

केही दिन अघि “डहरे देउराली” मा ध्यान गर्न आएका एक साधक प्रकट आनन्दले साधनामा रहँदा भगवान भैरव उत्तरतर्फ फर्केर बसेको थाहा पाएपछि उनले आँखा खोलेर हेर्दा देखेको बताए । उनले उक्त स्थलमा मोक्षद्वार र गुफा रहेको ध्यान दृष्टिबाट देखेको बताएका थिए । साधक आन्नदका अनुसार उक्त मोक्षद्वारबाट प्रवेश गरेमा मोक्ष पाइने उल्लेख गरेका थिए ।

सदियौंदेखि भवानी दुर्गाको पुजा गर्न र त्यस ठाउँमा ध्यान, योगा गर्न सन्त महात्मा ऋषिहरु आएपनि भगवान भैरव रहेको भने जानकारी भएको थिएन । साधक आनन्दले बताएका भगवान भैरव र मोक्षद्वार भेटिएपनि गुफा भने भेट्न नसकिएको श्री मोक्षद्वार वालसिद्धयोगाश्रम डहरेका अध्यक्ष दिपक श्रेष्ठले बताए ।

उनका अनुसार “उत्तरतर्फ कामधेनु गाईको शिर, मोक्षद्वार, भैरव, सिद्धवावा, दक्षिणतर्फ आसनमा कृष्ण, हनुमानजी, सिंह, कालीखर्कतर्फ भगवति दुर्गाको एक पाउ रहेको, पुर्वतर्फ झाँक्री महाराज र पश्चिमतर्फ ईच्छाधारी नाग रहेको छ । साधक प्रकट आनन्दजीले डहरेदेउरालीमा गुफा रहेको बताउनु भएपनि खोजी कार्य भइरहेको र हालसम्म उहाँले भनेजस्तो गुफा फेला परेको छैन ।”

यस क्षेत्रको धार्मिक महत्वलाई उजागर गर्ने लक्ष्यका साथ २०४३ सालमा योगी नरहरिनाथको सक्रियतामा धान्याञ्चल महायज्ञ गरिएको २०३२ सालदेखि उक्त स्थानको संरक्षण एवम् पूजाआजा गर्दै आउनुभएका पशुपत्यानन्द गिरीले जानकारी दिए ।

धान्याञ्चलका क्रममा मुक्तिनाथबाट अग्निज्वाला ल्याइएको जानकारी दिँदै उनले उक्त अग्निज्वाला अहिले पनि निरन्तर बलिरहेको छ उनले भने ।

गण्डकी प्रदेशको राजधानी पोखराबाट करिब ६३ कि.मी. दुरी टाढा रहेकोमा ५७ कि.मी. पिच सडक र ६ कि.मी. कच्ची सडक रहेको छ । डहरे देउराली समुन्द्र सतहबाट करिब २ हजार २ सय ५९ मिटर रहेको छ ।

स्कन्द पुराणमा उल्लेख भएअनुसार, यस पर्वत परापूर्वकालमा महान् ऋषिमुनिहरूले तपस्या, ध्यान र योग गर्ने थलो थियो । यस पर्वतलाई ‘नीलकण्ठ पर्वत’ को नामले पनि पुकारिन्छ । यस विशाल पहाड पर्वत जिल्लाको कार्कीनेटा, थापाठाना र भंगारा तथा स्याङ्जा जिल्लाको आरुचौर र पञ्चमूल गाउँको सीमावर्ती क्षेत्रमा पर्छ ।

भानुभक्तको वाल्मीकि रामायणको अशमेद काण्डमा पनि यस पर्वतबारे निकै सुन्दर ढंगबाट व्याख्या गरिएको छ । यस लेक र देउरालीलाई धार्मिक रूपमा पनि निकै मान्यता दिइएको यस दृष्टान्तबाट पुष्टि हुन्छ । यो नीलकण्ठ पर्वतबाट कसरी डहरे देउराली बन्यो ? यसको कथा रोचक कथा छ, योगी नरहरिनाथले लेखेका छन्, ‘यस पहाडमा एक समय डहरा ऋषिले तपस्या गरेका हुनाले यस पहाडको नाम डहरे देउराली बन्न पुग्यो ।’

त्यसैगरी यस पर्वतमा लामा-लामा धेरै डहर भएकाले यसको नाम ‘डहरे देउराली’ भएको हुन सक्ने पनि मान्छेहरूको अड्कल छ । यही पर्वतमा ब्रह्माचारी खडानन्द अधिकारीले ३७ वर्षसम्म कठोर तपस्या गरेका थिए ।

पौराणिक मान्यताअुनसार, निःसन्तान दम्पतीले यस स्थानको दर्शन गरेर बर मागेमा सन्तान प्राप्त हुने साथै मनको मानोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ । यस स्थानमा मानिसहरू विवाह, व्रतबन्धजस्ता विशेष शुभकार्य पनि गर्छन् । विशेषतः वाला चतुर्दशी, चैतेदसैँ, महाशिवरात्री, गुरुपूर्णिमा, बडादसैंजस्ता विशेष पर्वहरूमा पुजा अर्चनाको लागि भक्तजनहरुको ठूलो भिड लाग्ने गर्छ  । साथै यहाँ विभिन्न प्रजातिका वनस्पति एवम् जडीबुटी पाइने स्थानीयवासी बताउँछन् । यहाँ पाँचऔले, हर्रो, बर्रो, सतुुवाजस्ता महत्चपूर्ण जडीबुटीका साथै चितुवा, भालुजस्ता विभिन्न प्रजातिका जङ्गली जनावर पाइन्छ । विभिन्न ५० भन्दा बढी प्रजातिका चराचुरुङ्गीको बासस्थान रहेको यस जङ्गलमा पैँयु, सल्लो, ओखर, खर्सु, उत्तिसजस्ता महत्वपूर्ण काठसमेत पाइन्छ ।


 

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

२४ साउन, काठमाडौं ।प्रत्येक वर्ष साउनभर गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसु…

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

पदम श्रेष्ठ २३ साउन, काठमाडौं । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको डहरे देउ…

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

२१ असार, काठमाडौं । धरान उपमहानगरपालिका२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको …

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

जेठ ८, काठमाडौं । पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा हरेक वर्ष चण्डीपूर्णीमाको अव…