SamwadKhabar logo

               

अर्थ व्यवसाय

झण्डै २ अर्ब हुण्डीको ढड्डा व्यवसायी रुपेश श्रेष्ठको घरमा भेटियो

प्रमिला भुजेल

प्रमिला भुजेल

झण्डै २ अर्ब हुण्डीको ढड्डा व्यवसायी रुपेश श्रेष्ठको घरमा भेटियो
माघ ९ , काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले व्यवसायी रुपेश श्रेष्ठको घरबाट हुण्डी कारोबारको विवरण लेखिएको ढड्डा बरामद गरेको छ । ब्यूरोको टोलीले व्यवसायी रुपेश श्रेष्ठको घरमा छापा मार्दा ‘जोन रोबर्ट’ र ‘रेन बेकर’ लेखिएको ढड्डामा ठूलो रकमको कारोबार भएको विवरण फेला पारेको छ । जोन रोबर्ट नाम गरेको ढड्डामा मात्रै १ अर्ब ९८ करोड ५५ लाख रुपैयाँ कारोबार भएको देखिएको छ । उक्त ढड्डामा ९८९ वटा हुण्डी कारोबारको विवरण भेटिएको सीआईबीको भनाइ छ । ‘रेन बेकर’को नाममा भएको ढड्डामा २७ करोड ५५ लाख ६० हजार रुपैयाँ कारोबारको विवरण भेटिएको छ । यसरी रुपेश श्रेष्ठले कम्तीमा दुई अर्ब २६ करोड रुपैयाँ बढीको अवैध हुण्डी कारोबार गरेको देखिएको सीआईबीका अधिकृतहरुको दाबी छ । श्रेष्ठको कोठाबाट बरामद भएको मोबाइल, ल्यापटप, कम्प्युटरको सीपीयू लगायतको प्राविधिक जाँच गर्दा उनले क्रिप्टो करेन्सीको कारोबार गरेको समेत देखिएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, दुईवटा खातामा १ नोभेम्बर २०२२ देखि १७ नोभेम्बर २०२३ सम्मको विवरण भेटिएको छ । सीआईबीले ६ मंसिरमा व्यवसायी रुपेश श्रेष्ठलाई हुण्डी र अनलाइन जुवा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको थियो । विवरणमा विभिन्न व्यक्तिहरुको नाम उल्लेख गरेर रकम डेलिभरी भएको, क्लियर भएको आदि जनाउ दिइएको छ । त्यसमा उल्लिखित हस्ताक्षर आफ्नो कर्मचारी शदर भट्टराईको भएको श्रेष्ठले प्रहरीसमक्ष दिएको बयानमा स्वीकारेका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …