SamwadKhabar logo

               

धर्म संस्कृति

पशुपतिमा भएको शंखनाद प्रतियोगिता सम्पन्न

प्रमिला भुजेल

प्रमिला भुजेल

पशुपतिमा भएको शंखनाद प्रतियोगिता सम्पन्न
माघ १०, काठमाडौं । विश्व हिन्दू परिषद् नेपाल, काठमाण्डौंले आयोजना गरेको शंखनाद प्रतियोगिता एवं दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ । श्रीराम जन्मभूमि अयोध्यामा भगवान् रामलालको प्राण-प्रतिष्ठाको अवसरमा माघ ८ गते सोमवार शंखनाद प्रतियोगिता गरिएको हो । प्रतियोगितामा श्याममणी खनाल प्रथम भएका छन् र प्रकाश दाहाल दोश्रो र वशन्त आचार्य तेस्रोे भएका थिए । ८० जनाको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुनेले नगद रु ७ हजार एक सय, दोश्रोले ५ हजार १ सय, तेस्रोले ३ हजार १ सय प्राप्त गरेका थिए । यसैगरी ३ जनाले सान्त्वना एघार सयका साथै प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगिता पशुपति क्षेत्रस्थित शंकराचार्य मठको प्राङ्गणमा भएको थियो । शंखनाथ पछि दीप प्रज्ज्वलन भएको थियो । कार्यक्रम विश्व हिन्दू परिषद् नेपाल, काठमाडौंका उपत्यका संयोजक बाबु शरण सुवेदीको सभापतित्व तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा।श्रीकृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा भएको छ । सोमवार पशुपतिस्थित राम मन्दिर, गुह्येश्वरीमा समेत दीप प्रज्ज्वलन भएको थियो ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …

आज ऋषिपञ्चमी पर्व मनाइँदै

आज ऋषिपञ्चमी पर्व मनाइँदै

भदौ २३, काठमाडौँ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा …