SamwadKhabar logo

               

धर्म संस्कृति

विकलको प्रेरणाले गोकर्णेश्वरले साहित्यिक कार्यक्रमलाई प्राथमिकता दिएको छ : नगर प्रमुख रिसाल

प्रमिला भुजेल

प्रमिला भुजेल

विकलको प्रेरणाले गोकर्णेश्वरले साहित्यिक कार्यक्रमलाई प्राथमिकता दिएको छ : नगर प्रमुख रिसाल
फागुन १५, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालले वरिष्ठ साहित्यकार रमेश विकलको प्रेरणाले नगरपालिकामा साहित्यिक कार्यक्रमहरु प्राथमिकताका साथ आयोजना गर्न प्रेरणा मिलेको बताउनु भएको छ । बुढानीलकण्ठ सांस्कृतिक–साहित्यिक महोत्सवको दोश्रो दिन शनिवार चौतारि सेसनमा आफ्नो धारणा राख्नु हुँदै रिसालले आरुबारीको चापाबोटमा रमेश विकलले साथीहरुसँग बसेर कला साहित्यको कुराकानी गर्नु हुने स्मरण गर्नु भयो । अग्रज साहित्यकारहरुको सम्मानमा साहित्यिक गतिविधिलाई गोकर्णेश्वरले महत्व दिंदै आएको बताउनु भयो । रिसालले अगाडि बताउनु भयो– “रमेश विकलले साथीहरुसँग बसेर कला साहित्यको कुराकानी गर्नु हुन्थ्यो, विकल र उहाँका साथिहरुले आरुबारीको चापाबोटमा गर्नु हुने साहित्यिक कुराकानी अझै पनि त्यो परम्परा यथावत रहोस् भन्नका लागि आफ्नो नगरमा नियमितजसो साहित्यिक गतिविधि गरिरहेका छौं ।” सो सेसनमा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले वरपर सिमा जोडिएको नगरपालिकासँग समन्वय गरेर नगरका विकासलाई अगाडि बढाउदा दीर्घकालिन र प्रभावकारी हुने धारणा व्यक्त गर्नु भएको थियो । टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले चौतारी नेपाली जनजीवनको महत्वपूर्ण पक्षरहेको बारे धारणा राख्नु भएको थियो । यस सेसनको अध्यक्षता सुर्यनाथ उपाध्यायले गर्नुभएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …