SamwadKhabar logo

               

धर्म संस्कृति

राष्ट्र गुरु योगी नरहरिनाथ नेपाल आमाको सच्चा सपुत

प्रमिला भुजेल

प्रमिला भुजेल

राष्ट्र गुरु योगी नरहरिनाथ नेपाल आमाको सच्चा सपुत
फागुन १८, काठमाडौं । राष्ट्र गुरु योगी नरहरिनाथ नेपालको इतिहास मौलिक धर्म संस्कृतिका उपासक र नेपाल आमाको सपुत भएको धर्मसंस्कृतिको क्षेत्रका चिन्तकहरुले बताएका छन् । फागुन १७ बिहिवार विश्व हिन्दू परिषद् नेपालले योगी नरहरिनाथको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले योगी नरहरिनाथ नेपालको इतिहास मौलिक धर्म संस्कृतिका उपासक तथा नेपाल आमाको सच्चा सपुत भएको बताए । लेखक तथा संस्कृति चिन्तक केशव प्रसाद चौलागाईले योगीबाट आजको पुस्ता र बालबालिकाले प्रेरणा लिनु पर्नेमा जोड दिनु भयो । धर्म संस्कृति र इतिहासको पक्षमा योगीको योगदान अतुलनीय रहेको चौलागाईले बताउनु भयो । उहाँले अगाडि जोड दिनु भयो योगीबाट नेपाली समाजले धेरै कुरा सिक्न जरुरी छ । नेपाल वेद विद्याश्रम, गौशालाका प्राचार्य विष्णु प्रसाद पोखरेलले राष्ट्र गुरु योगी नरहरिनाथले वैदिक शिक्षा, धर्म, संस्कृति र अध्यात्मबाट नेपाली समाजलाई एक शुत्रमा बाँध्नु भएकोले उहाँको शिक्षालाई आचरणमा उतारेर योगदानको कदर गर्न सके मात्र उहाँ प्रति सच्चा सम्मान हुने बताउनु भयो । योगी नरहरिनाथ नेपालको आफ्नै मौलिक शिक्षा पद्धतिका पक्षधर सिद्ध पुरुष हुनु भएकोमा जोड दिनु भयो । विश्व हिन्दू परिषद् नेपाल उपत्यका समितिका उपाध्यक्ष शान्ता नरालले नेपालको मौलिक धर्म संस्कृति विरुद्धको षडयन्त्रलाई बुझेर धर्म संस्कृति संरक्षणका लागि अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिनु हुँदै यसका लागि योगी जीबाट प्रेरणा लिन सकिने बताउनस भयो । जन्मजयन्ती समारोह नेपाल वेद विद्याश्रम, गौशालामा भएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …