SamwadKhabar logo

               

धर्म संस्कृति

गोरखपुरमा भारत नेपाल सांस्कृतिक सम्बन्ध बारे अन्तर्राष्ट्रिय संगोष्ठि

प्रमिला भुजेल

प्रमिला भुजेल

गोरखपुरमा भारत नेपाल सांस्कृतिक सम्बन्ध बारे अन्तर्राष्ट्रिय संगोष्ठि
फागुन २०, काठमाडौँ । गोरखपुरमा भारत नेपाल सांस्कृतिक सम्बन्ध विगत देखि वर्तमान विषयक अन्तर्राष्ट्रिय संगोष्ठि सुरु भएको छ । महायोगी गोरखनाथ विश्वविद्यालय गोरखपुर र महाराणा प्रताव महाविद्यालयको आयोजनामा “नेपाल भारत सांस्कृतिक सम्बन्ध विगतदेखि वर्तमान” विषयक अन्तर्राष्ट्रिय संगोष्ठि जंगल धुसड गोरखपुरमा शुक्रबारबाट महाराणा प्रताव महाविद्यालयमा भएको हो । संगोष्ठिमा नेपाल र भारतको सम्बन्धको विषयमा उपकुलपति नन्द बहादुर सिंह, पूर्व उप सभामुख पुष्पा भूषाल, पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेल, प्राध्यापक भागवत ढकाल लगायतले राम र सितादेखि लिएर विभिन्न धार्मिक, सांस्कृतिक, रोटि वेटि, पृथ्वीनारायण शाह, गुरु गोरखनाथको देखिको सम्बन्ध, व्यापारीक साथै आजको राजनीतिक सम्बन्धलाई अझैँ मजबुत बनाउनु पर्ने आवश्यकता रहेको बताउनु भएको थियोे । संगोष्ठिमा पूर्व गृह राज्यमन्त्री देवेन्द्र राजन कण्डेलले नेपालको सम्बन्धमा पृथ्वीनारायण शाहाले गुरूगोरखनाथको आशिर्वादले नै नेपालको एकिकरण गर्नका लागि अगाडि बढेको र जहाँ जहाँ आक्रमण गरे त्यहीँ त्यहीँ वीजयी हासिल गर्दै आजको आधुनिक नेपालको एकीकरण भएको बताउनु भयो । पछिल्लो समय नेपाल र भारतको सम्बन्धमा विस्तारै सिमाको विषयमा, नागरीकताको विषयमा समस्या सिर्जना हुने गरेको, राजनीतिक रूपमा पनि विभिन्न सन्धिहरूको विषयलाई लिएर समस्या हुने गरेकोले त्यस विषयमा पनि बहस र छलफल गर्नु पर्ने आवश्यकता रहेको पुष्पा भूषाले बताउनु भएको थियोे । नेपालका पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेलेले उद्घाटन गरेको उक्त अन्तर्राष्ट्रिय संगोष्ठिको लुम्बिनी बौद्ध विश्वविद्यालय कुलपति शुभ रत्नलाल बज्राचार्यजीले अध्यक्षताको गर्नु भएको थियोे । उक्त उद्घाटन सत्रमा नेपालको राष्ट्रिय सभका पूर्व उप सभामुख पुष्पा भूषाल, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह, वल्मीकि क्याम्पसका प्राचार्य प्राध्यापक भागवत ढकाल, गोरखपुर विश्वविद्यालयका प्राध्यापक हर्षवर्धन सिंह, राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरूद्ध गौतम, कोशी प्रदेशका माननीय भीम पराजुली लगायत नेपाल र भारतका विभिन्न क्याम्पस र विश्वविद्यालयमा अध्यापन गर्ने प्राध्यापकहरूको महत्त्वपूर्ण उपस्थिति गरेको छ । कार्यक्रममा डा.प्रदीपकुमार रावाँजीले कार्यक्रममा उपस्थिति सम्पूर्ण प्रमुख अतिथि, विशिष्ट अतिथि र सहभागी प्रतिनिधिहरूलाई स्वागत गर्नु भएको थियो।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …