SamwadKhabar logo

               

धर्म संस्कृति

स्वामी विवेकानन्द-संस्कृति-ज्ञान-परीक्षा विभिन्न जिल्लामा सम्पन्न

प्रमिला भुजेल

प्रमिला भुजेल

स्वामी विवेकानन्द-संस्कृति-ज्ञान-परीक्षा विभिन्न जिल्लामा सम्पन्न
फागुन २०, काठमाडौं । स्वामी विवेकानन्द-संस्कृति-ज्ञान-परीक्षा–२०८० विभिन्न जिल्लामा सम्पन्न भएको छ । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा हरेक वर्ष आयोजना हुँदै आएको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा यस वर्ष केही जिल्लाहरूमा सम्पन्न भइसकेको छ भनें केहि जिल्लाहरुमा हुने क्रममा रहेको छ । परिक्षा फागुन ११ गते कञ्चनपुरको बेलौरी, फागुन १२ गते दार्चुला जिल्लाको खलङ्गा, यसैगरी, फागुन १५ गते सुदूरपश्चिम कञ्चनपुर जिल्लाको महेन्द्रनगर, १८ गते कपिलवस्तुको महाराजगञ्ज, फागुन १८ गते दाङ जिल्लाको गढवा, फागुन १९ गते धनगढी, डडेल्धुराको पर्शुराम नगरपालिका जोगबुडा र रूपन्देहीको धकधहीमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न भएका छन् । परिक्षामा जिल्ला जिल्लामा सयौं विद्यार्थीहरूको सहभागिता रहेको थियो । महेन्द्रनगरमा १५६८ जना र धनगढीमा ८७० विद्यार्थीको सहभागिता रहेको थियो । आगामी कार्यक्रम जुम्ला, सुर्खेत, दाङ, तुलसीपुर, वीरगञ्ज, जनकपुर, सप्तरी, सुनसरी, झापा, मोरङ, काभ्रे आदि जिल्लामा हुन बाँकी रहेको छ । सुदूरपश्चिमका चार जिल्ला दार्चुला, डडेलधुरा, कैलाली र कञ्चनपुरमा पाँच स्थानमा कार्यक्रम सम्पन्न भएका छन् । दार्चुलामा सङ्घका राष्ट्रिय सहकार्यवाह हरकेशबहादुर बिष्ट, बेलौरीमा सम्भाग सङ्घचालक लोकबहादुर ठकुराठी, महेन्द्रनगरमा प्रतिनिधि सभाका माननीय सदस्य रमेश लेखक, धनगढीमा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डाक्टर हरिप्रसाद लम्साल, परशुराममा लोकबहादुर ठकुराठीको प्रमुख आतिथ्यता र विभाग संघचालक इन्जिनियर कमल सिंह महताको विशेष आतिथ्यता रहेको थियो । यसैगरी, दाङमा सङ्घका राष्ट्रिय प्रचारक वेद प्रकाशको प्रमुख आतिथ्यता एवं संस्कृत विश्वविद्यालयका उपप्राध्यापक किशोरचन्द्र गौतमको विशेष आतिथ्यता रहेको थियो भने कपिलवस्तुमा पूर्व सांसद दीर्घनारायण पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशिष्ठ शिक्षासेवी, समाजसेवी व्यक्तित्वहरुको उत्साहजनक उपस्थिती रहेको थियो । नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले स्वामी विवेकानन्दको “आदर्श विद्यार्थी नै आदर्श नागरिक” भन्ने मूल उद्घोषलाई आत्मसाथ गर्दै हरेक वर्ष हिन्दू स्वयंसेवक संघ नेपालले स्वामी-विवेकानन्द-संस्कृति-ज्ञान-परीक्षा देशव्यापी आयोजना गर्दै आएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …