SamwadKhabar logo

               

तीर्थ परिचय

फाल्गुनन्दको सालिक निर्माण नरोक्न उत्प्रेषण परमादेश

Pramila Bhujel

Pramila Bhujel

फाल्गुनन्दको सालिक निर्माण नरोक्न उत्प्रेषण परमादेश
फागुन २८, काठमाडौं । उच्च अदालत इलामले पाँचथरको फाल्गुनन्द २ स्थित सिलौतीमा निर्माण भइ रहेको नेपालका १६ औं राष्ट्रिय विभूति तथा किराँत धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको सालिक निर्माण रोक्नु नपर्ने आदेश जारी गरेको छ ।आइतवार न्यायाधीश किरण पौडेल र राजेशकुमार काफ्लेको संयुक्त इजलासले निर्माण कार्य रोक्न माग गर्दै सिलौती माङहिम तथा नाम्फुङ सामुदायिक वन उपभोक्ता समितिका तर्फबाट दर्ता गराएको रिट निवेदनमाथि छलफल गर्दै यस्तो आदेश जारी गरेको हो । नेम्वाङले वर्तमान किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको इच्छाअनुसार सिलौतीमा अवस्थित फाल्गुनन्द लिङदेनको समाधिस्थल रहेको स्थानमा सालिक निर्माण गरेकाले रोक्न माग गर्दै उच्च अदालतमा रिट दर्ता गराएका थिए । रिट निवेदकका तर्फबाट अधिवक्ता खगराज कट्टेल, विपक्षी जिल्ला प्रशासन कार्यालयका तर्फबाट उपन्यायधिवक्ता राजेन्द्र भट्टराई, विपक्षी आत्मानन्द लिङ्देनका तर्फबाट अधिवक्ताहरु छवि बास्कोटा, भिम खत्री र जीवन कोइरालाको बहसपश्चात् उच्च अदालत इलामले यस्तो आदेश जारी गरेको हो । आइतवार जारी आदेशमा ‘निवेदकले निर्माण रोक्न माग गरे पनि आधाभन्दा धेरै काम सकिएको, फाल्गुनन्द गाउँपालिका र नाम्फुङ सामुदायिक वन उपभोक्ता समितिले निर्माणका लागि सहमति दिएको तथा गत फागुन ९ गते जिल्ला प्रशासन कार्यालय पाँचथरमा सालिक निर्माण गर्ने र गर्न नदिने दुवै पक्षले आपसी समझदारीमा सालिक निर्माण गर्ने सहमति गरेको जस्ता प्रमाणलाई आधार मान्दै अन्तिम निर्णय हुँदाका बखत विवेचना गरिने भएकाले निवेदनको मागउपर अन्तरिम आदेश जारी गरिरहनु परेन’ भनेर उल्लेख गरिएको छ ।  

ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

यो पनि

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

वैशाख १२, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै…

भुलभुला मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

भुलभुला मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

वैशाख ६, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका३३ भरतपोखरीको पुडिटारमा रहेको भुल…

गोठाटारस्थित सिताराम मन्दिर उद्घाटन

गोठाटारस्थित सिताराम मन्दिर उद्घाटन

वैशाख ६, काठमाडौं । राम नवमीको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारमा रहे…

हलेसीमा पन्ध्र दिने रामनवमी मेला

हलेसीमा पन्ध्र दिने रामनवमी मेला

वैशाख ४, काठमाडौं । प्रसिद्ध धार्मिकस्थल खोटाङको हलेसीमा रामनवमी मेला सुरु भएको छ ।…