SamwadKhabar logo

               

धर्म संस्कृति

ज्यापु संस्कृति विकास कोषद्वारा संस्कृति सम्वर्द्धन र प्रवर्द्धनका लागि बाजा वितरण

प्रमिला भुजेल

प्रमिला भुजेल

ज्यापु संस्कृति विकास कोषद्वारा संस्कृति सम्वर्द्धन र प्रवर्द्धनका लागि बाजा वितरण
फागुन २९, काठमाडौं । ज्यापु संस्कृति विकास कोषद्वारा सम्पदा संरक्षण गुठी तथा सिन्धु नेवाः खल लगायत पुचहरूलाई निःशुल्क बाजा वितरण गरेको छ । सिन्धुपाल्चोकको पुरानो बजार चौतारामा आयोजित कार्यक्रममा कोषका अध्यक्ष मङ्गलकृष्ण सिंह, उपाध्यक्ष सन्तकुमार महर्जन, ज्यापु महागुठी नेपाः का अध्यक्ष सत्यनारायण डंगोल लगायतका पदाधिकारीहरूले सम्पदा संरक्षण गुठी चौताराका अध्यक्ष रविन्द्र श्रेष्ठलाई बाजा हस्तान्तरण गरेका हुन्। ज्यापु विकास संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले विभिन्न वाद्यवाधनका सामाग्रीहरू हार्मोनियम थान २, तबला २ सेट, पछिमा २ सेट, झ्याली ५ सेट, मादल ठूलो सानो गरी २ थान, ताँ १ सेट प्रदान गरिएको जानकारी दिए । उक्त बाजा सिन्धु नेवाः खल, म्हसिका पुचः, भिन्तुना आमा समूह र ज्योतिष परिषद् लगायतले प्राप्त गरेका हुन्। पछिल्लो समय नेवाः संस्कृति जगेर्नाका लागि सिन्धुपाल्चोकका नेवाः समुदायले काठमाडौं, भक्तपुर र ललितपुर लगायत उपत्यकाका नेवा संस्कृतिका क्षेत्रमा काम गरिरहेका संस्थाहरूसँग सहकार्य गर्दै आएको सम्पदा संरक्षण गुठीका अध्यक्ष रविन्द्र श्रेष्ठले बताएका छन्। त्यस्तै संस्कृति अभियन्ता ध्रुव श्रेष्ठले चौताराको नेवाः संस्कृति जगेर्नामा स्थानीय तहले प्रभावकारी भूमिका खेल्न नसकेको र बरु नेवाः समुदायलाई काठमाडौं उपत्यकाकै नेवाः समुदायबाट सहयोग मिलिरहेको बताए। सम्पदा संरक्षण गुठी चौताराका अध्यक्ष रविन्द्र श्रेष्ठले निःशुल्क बाजा ग्रहण गर्दै २०७२ साल वैशाख १२ गतेको भूकम्पले विनाश गरेको चौताराको कृष्ण मन्दिरमा पुनः भजन शुरू गर्न स्थानीयवासीलाई निःशुल्क रूपमा भजन प्रशिक्षण शुरू गरिएको बताए। कार्यक्रममा म्हसिका पुचः का उपाध्यक्ष गुणकेशरी श्रेष्ठ लगायतले स्थानीय नेवा समुदायमा भाषाको ज्ञानमा कमी भएका कारण ज्यापु संस्कृति विकास कोषलाई भाषा प्रशिक्षणका लागि पनि आग्रह गरे। म्हसिका पुचःका अध्यक्ष सिता श्रेष्ठ कसजुले चौतारामा निःशुल्क रूपमा पाएको बाजा तथा भजन प्रशिक्षणले स्थानीय भजन संस्कृतिलाई अझ उचाइमा पुर्‍याउन सकिने बताए। यस क्षेत्रमा बसोबास गर्दै आएका नेवाः समुदायले आफ्ना पुर्खाले मान्दै आएका र लोप भएका संस्कृतिलाई पछिल्लो समय पुनः सम्वद्र्धन गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने अभियान नै थालेको छ। यो अभियानलाई स्थानीय तह सरकारले समेत साथ दिन जरुरी रहेको कार्यक्रमका सहभागीहरूले जनाएको छ। कार्यक्रममा काठमाडौंबाट ज्यापु संस्कृति विकास कोषका अध्यक्ष, मंगलकृष्ण सिंह उपाध्यक्ष सन्तकुमार महर्जन, कोषाध्यक्ष निरजकुमार महर्जन, उपकोषाध्यक्ष गोविन्द महर्जन, एवं ज्यापु महागुठी नेपाः को केन्द्रीय अध्यक्ष सत्यनारायण डंगोल, कार्यसमिति सदस्यहरू तीर्थनारायण महर्जन, कुलनारायण महर्जन, बालकृष्ण महर्जन, समाजसेवीहरू लक्ष्मण गमाल, रमेश महर्जन, कुमार रन्जित लेखक तथा साहित्यकार जितेन्द्र रसिक, विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको सहभागिता रहेको थियो।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …