SamwadKhabar logo

               

धर्म संस्कृति

मलेसियाको बुजांग उपत्यकामा १,२०० वर्ष पुरानो बौद्ध स्तूप फेला

प्रमिला भुजेल

प्रमिला भुजेल

मलेसियाको बुजांग उपत्यकामा १,२०० वर्ष पुरानो बौद्ध स्तूप फेला
चैत १, काठमाडौं । मलेसियाको बुजांग उपत्यकामा १,२०० वर्ष पुरानो बौद्ध स्तूप फेला परेको छ । प्राचीन खोजले मलेसियाको बहुसांस्कृतिक विगतको नयाँ प्रमाण देखिएको छ । छ महिना अघिसम्म उत्तर पश्चिमी मलेसियाको बुजांग उपत्यकामा ठाडो र रमणीय पहाडमा रहेको बुकिट चोरस गाउँका कुनै पनि बासिन्दालाई आफूहरु पुरातात्विक सम्पदाको नजिक बसिरहेको कुनै जानकारी थिएन । ११ जना पुरातात्विक उत्खननकर्ता/अनुसन्धानकर्ताहरूको टोलीले पहाडको माथी बाक्लो झाडीहरू खाली गरेपछि मात्र दक्षिण पूर्व एशियाई इतिहासको हराएको एक भाग प्रकट भएको हो । बुकिट चोरासको १,२०० वर्ष पुरानो बौद्ध स्तूप गत अगस्टमा मलेसियाको बुजांग उपत्यकामा पत्ता लागेको थियो जुन देशको उत्तरपश्चिमी केडा राज्यमा प्रोटोहिस्टोरिक साइटहरूको धेरै समूहहरूसहित छरिएको नदी क्षेत्र हो । बुकिट चोरस राजधानी क्वालालम्पुरबाट करिब ३७ किलोमिटर उत्तरमा पर्दछ । विज्ञहरूका अनुसार यो स्तुप पक्ता लागे पछि यसले मलेसियाको बहुसांस्कृतिकताको लामो इतिहासलाई प्रमाणित गरेको छ । नयाँ स्तुप देशका अन्य स्थानमा भेटिएका भन्दा सबैभन्दा प्रष्ट प्रमाण हो । उत्खनन कार्यको मलेसियाको ग्लोबल पुरातत्व अनुसंधान केन्द्रका मुख्य अनुसन्धानकर्ता नाशा रोडजियादी खवाले गत वर्ष अगस्ट २ र सेप्टेम्बर १२ बीचमा भएको उत्खननको निरीक्षण गरेका थिए । मुख्य अनुसन्धानकर्ता नाशाका अनुसार यस क्षेत्रका खोजहरूले शताब्दीयौंदेखि चीन, भारत र मध्यपूर्वका व्यापारीहरू यहाँ व्यापार गर्न आएका थिए र विभिन्न कारणले यसै क्षेत्रमा बसोबास गरेका थिए । स्थानीय संस्कृतिसँग मिल्नेगरी आफ्नो सांस्कृतिक मठ स्तुप निर्माण गरेका थिए । विगतमा मलेशियाले मिश्रित बहुसंस्कृति अभ्यास गरेको यसबाट देखिने नाशाले बताए । (साभार : अलजजिरा/अनुवाद, रविराज रिमाल)

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …