SamwadKhabar logo

               

तीर्थ परिचय

धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै तनहुँको छिम्केश्वरी

Pramila Bhujel

Pramila Bhujel

धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै तनहुँको छिम्केश्वरी

चैत्र १३, काठमाडौं । समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित तनहुँको छिम्केश्वरी मन्दिर क्रमशः धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको छ ।

आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा रहेको प्रसिद्ध धार्मिकस्थल छिम्केश्वरी माइ गाउँपालिकाकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल हो । पृथ्वीराजमार्गको आँबुखैरेनीदेखि लाब्दीसम्म १५ किलोमिटर जीप यात्रा र छोटो पदयात्रापछि छिम्केश्वरी पुगिन्छ । यहाँबाट देखिने अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालका मनोरम दृ्श्यले जोकोहीलाई मोहित बनाउँछ ।

पछिल्लो समय छिम्केश्वरीमा पूजाआजा र दर्शनका लागि दैनिक भक्तजन तथा आन्तरिक पर्यटक आउने क्रम बढेको छ । छिम्केश्वरीमा दैनिक ५० देखि एक सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन् । यहाँ विशेषगरी नयाँवर्ष र होलीका बेला भक्तजनको घुइँचो लाग्ने गरेको छ । यस वर्षको होलीमा गत आइतबार पाँच हजार भक्तजनले पूजाआजा गरेको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्ण तामाङले जानकारी दिए ।

यो मन्दिरमा तनहुँका अतिरिक्त छिमेकी जिल्ला लमजुङ, गोरखा, चितवनबाट पनि भक्तजन आउने गरेका मन्दिरका पुजारी धनराज गुरुङ बताउछन् । उनका अनुसार एकादशी र औँसी बाहेकका दिनमा पूजाआजा हुने यस मन्दिरमा पशुवली दिने परम्परा पनि छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाईमा पूजा गरेपछि मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

गण्डकी प्रदेश सरकारले घोषणा गरेको एक सय दश पर्यटकीय गन्तव्यमा सूचीकृत छिम्केश्वरीमा रु ४५ लाखको लागतमा छिम्केश्वरी मन्दिर पुनर्निर्माण हालै पूरा भएको छ । प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आर्थिक वर्ष ०७५(७६ मा रु ४१ लाख ६३ हजार सात सयको लागतमा चार सय ८६ मिटर ढुङ्गाको सिढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष ०७६(७७ मा रु ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकाले छिम्केश्वरीलाई प्राथमिकतामा राखेको बताए । उनले भने, “गाउँपालिकाकै सक्रियतामा मन्दिर पुनर्निर्माण भएको छ । यसको थप विकासका लागि योजना बनाउँदैछौ ।”

छिम्केश्वरीसम्म पुग्ने सडकमा कालोपत्र सुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा यस खण्डमा कालोपत्र गर्न लागिएको हो । सडक कालोपत्रका लागि प्रदेश सरकारबाट रु आठ करोड ४७ लाख र सङ्घ सरकारबाट समपुरक कोष अन्तर्गत रु ८ करोड ४७ लाख बजेट विनियोजन भएको छ । सडक कालोपत्रको काम काठमाडौस्थित शर्मा एण्ड काष्टमण्डप जेभीले ठेक्का पाएको छ ।

छिम्केश्वरी पुग्ने भक्तजनको सहजताका लागि छिम्केश्वरीको काखमा घरबास समेत सञ्चालन भएका छन् । आँबुखैरेनी गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ हिलेखर्कमा स्थानीयवासीले घरबास सञ्चालन गरेका हुन् । गुरुङ समुदायको बाहुल्य रहेको यहाँका घरबासमा आउनेलाई कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेलरोटी, भुटेको भटमास, गुन्द्रुकको अचार दिइने गरेको घरबास व्यवस्थापन समितिका अध्यक्ष बाटुमाया गुरुङले जानकारी दिए । हिलेखर्कमा रहेका दुई वटा घुमाउने घरले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ ।

मन्दिर संरक्षण गर्न चन्दा सङ्कलन

छिम्केश्वरी पर्यटन विकास समितिले भक्तजनबाट चन्दा सङ्कलन गरी छिम्केश्वरी मन्दिर संरक्षण गर्ने भएको छ । मन्दिरको समग्र विकासका लागि भक्तजनबाट चन्दा सङ्कलन गरिने समितिले जनाएको छ । समितिले मन्दिर संरक्षण, पुजारी व्यवस्थापन, भक्तजन विश्रामस्थल एवं उनीहरूको सुरक्षा ,

सार्वजनिक शौचालय निर्माणलगायत अधिकभन्दा अधिक पर्यटक आकर्षित गर्न मन्दिर क्षेत्रमा आधारभूत भौतिक पूर्वाधार निर्माणको योजना बनाएको पालिका अध्यक्ष चुमानले बताए ।
रासस

ताजा

सबै

भोजपुरमा जिप दुर्घटना हुँदा घटनास्थलमै एक महिलाको मृत्यु

वैशाख १७, काठमाडौं । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ तारकुवामा जिप दुर्घटना…

छिमेकीको नाबालिका छोरीको हत्या गरेको आरोपमा आमा–छोरी पक्राउ

वैशाख १७, काठमाडौं । जनकपुरधाम सिरहामारिसइबीका कारणलेछिमेकको तीन वर्षीया छोरीको …

१२ वर्षपछि पाकिस्तानमा उपप्रधानमन्त्री विदेशमन्त्री इशाक दार

वैशाख १७, काठमाडौं । पाकिस्तानका विदेशमन्त्री इशाक दारलाई उपप्रधानमन्त्री नियुक्त गरिए…

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृह मन्त्रालयको पत्राचार

वैशाख १७, काठमाडौं । गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका ला…

लोकप्रिय

सबै

धनकुटाको पहिचान बन्दै कोसेली नरिवल बिस्कुट

वैशाख १२, काठमाडौं । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको र…

महोत्तरीको मटिहानीमा आगलागीले करिब ३५ घर जलेर नष्ट

वैशाख १२, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा बस्तीमा बुधवार दि…

नक्कली लाइसेन्स प्रकरणः यातायात व्यवस्था विभागका इञ्जिनियर पक्राउ

वैशाख १६, काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यात…

स्वदेश फर्किए कतारका राजा

वैशाख १२, काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको दु…

यो पनि

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

वैशाख १२, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै…

भुलभुला मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

भुलभुला मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

वैशाख ६, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका३३ भरतपोखरीको पुडिटारमा रहेको भुल…

गोठाटारस्थित सिताराम मन्दिर उद्घाटन

गोठाटारस्थित सिताराम मन्दिर उद्घाटन

वैशाख ६, काठमाडौं । राम नवमीको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारमा रहे…

हलेसीमा पन्ध्र दिने रामनवमी मेला

हलेसीमा पन्ध्र दिने रामनवमी मेला

वैशाख ४, काठमाडौं । प्रसिद्ध धार्मिकस्थल खोटाङको हलेसीमा रामनवमी मेला सुरु भएको छ ।…