SamwadKhabar logo

               

विविध

भारत सरकारद्वारा नेपाललाई ३५ एम्बुलेन्स र ६६ स्कुलबस उपहार

प्रमिला भुजेल

प्रमिला भुजेल

भारत सरकारद्वारा नेपाललाई ३५ एम्बुलेन्स र ६६ स्कुलबस उपहार

वैशाख २, काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले आज आइतवार नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरूलाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुलबस उपहारस्वरूप प्रदान गरेको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, अर्थमन्त्री श्री वर्षमान पुन,स्थानीय तहका मेयर तथा गाउँपालिकाका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा  समाजसेवीहरूको उपस्थितमा सो एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरिएको हो ।

उपहारस्वरूप हस्तान्तरण गरिएका कुल सवारीसाधनमध्ये दुईवटा एम्बुलेन्स  भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) जिल्लामा दूतावासका प्रतिनिधिले यसअघि नै स्थानीयलाई हस्तान्तरण गरेका थिए ।

तीन दशकदेखि नै भारत सरकारले स्वतन्त्रता र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न भागमा एम्बुलेन्स तथा स्कुल बस उपहार स्वरूप प्रदान गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले भारतको यस्तो सहयोगले दुवै देश बिचको जनसम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तरता दिएको र नेपाली जनतालाई फाइदा पुर्‍याउने पनि बताए । राजदूत श्रीवास्तवले स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार विकासमा यो पहलले भारत–नेपाल विकास साझेदारीलाई सुदृढ बनाएको जानकारी दिए। उनले यस कार्यक्रमले भौगोलिक विकटताका बाबजुद जनजीवनलाई सरल र विकास यात्रालाई मद्दत पुर्‍याएको पनि बताए ।

भारतले सन् १९९४ देखि हालसम्म नेपाललाई १००९ एम्बुलेन्स र ३०० स्कुल बस उपहार उपलब्ध गराइसकेको छ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि कास्कीबाट रुपन्देही पठाइयो

पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि कास्कीबाट रुपन्देही पठाइयो

५ कार्तिक, काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहनुभएको नेपाल प्रहरीका प…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गर्ने

रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गर्ने

५ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टीका सभापति रवि ला…