SamwadKhabar logo

               

विविध

अस्ट्रेलियाकी पर्वतारोही एली पेपरद्वारा बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण

प्रमिला भुजेल

प्रमिला भुजेल

अस्ट्रेलियाकी पर्वतारोही एली पेपरद्वारा बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण

वैशाख २, काठमाडौं । अस्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वका १०औँ अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् । सेभेन समिट ट्रेक्स कम्पनीका अध्यक्ष मिङ्गमा शेर्पाका अनुसार  पेपरले उनका गाईड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आइतबार दिउँसो १२ बजेर ७ मिनेटमा  अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेकी हुन् ।

पेपरले दुई वर्ष भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू आरोहण गर्ने लक्ष्य लिएकी अन्नपूर्ण–१ हिमालको चुचुरोमा पाइला टेकेसँगै तीन वटा आठ हजार मिटर अग्ला हिमालहरू सफलतापूर्वक आरोहण गर्न सफल भएकी बताइन् ।  उनले यसपछि कञ्चनजङ्घा हिमालको आरोहण गर्ने योजनामा छिन् त्यसपछि मकालु हिमालको हिमालको आरोहण गर्ने लक्ष्य रहेको छ । बिस्तारे एकपछि अर्को आठ हजार मिटर अग्लो हिमालहरू आरोहण गर्दै जाने र आफूले तोकेको समयभित्र नै १४ वटै हिमालहरूको चुचुरो सम्म पाइला टेक्ने पेपरको भनाइ छ ।

यसअघि उनले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू मध्ये दुई वटा हिमालको अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी छन् । सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) र विश्वको पाँचौँ अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) को सन् २०२३ को सेप्टेम्बर २८ तारिखका अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी छन् । सिड्नीकी पर्वतारोही पेपरले सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२ औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) को बिना अक्सिजन सफल आरोहण गरी पहिलो अस्ट्रेलियाली महिला बनेकी थिइन ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि कास्कीबाट रुपन्देही पठाइयो

पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि कास्कीबाट रुपन्देही पठाइयो

५ कार्तिक, काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहनुभएको नेपाल प्रहरीका प…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गर्ने

रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गर्ने

५ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टीका सभापति रवि ला…