SamwadKhabar logo

               

विविध

बुद्धचित्तको रुख काटिएको प्रकरणमा थप २ जना पक्राउ

प्रमिला भुजेल

प्रमिला भुजेल

बुद्धचित्तको रुख काटिएको प्रकरणमा थप २ जना पक्राउ

वैशाख ३, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–५, सीसाखानीमा रहेको बुद्धचित्तको रुख काटिएको प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेकी प्रमुख एसपी वसुन्धरा खड्काका अनुसार घटनामा संलग्न रहेको आशंकामा श्यामकृष्ण मैनाली र राधाकृष्ण मैनाली पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शनिबार साँझ दुर्गालाल तामाङलाई नियन्त्रणमा लिएको हो । दुर्गालाललाई नियन्त्रणमा लिएर सोधपुछ भए पनि अहिलेसम्म उनको संलग्नता भन्ने पुष्टि भइसकेको छैन । यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा काठमाडौंबाट सिजन भनिने मानबहादुर तामाङ पक्राउ परेका थिए ।

उनले एक महिनाअघि २२ फागुनमा बोधिचित्त रुखका धनी शेरबहादुर तामाङलाई सामाजिक सञ्जाल फेसबुकमार्फत ‘गेम इज ओभर नेक्स्ट इयर ९अर्को साल खेल खत्तम० लेखेर पोष्ट गरेका थिए ।

काटिएको रुख वार्षिक ३ करोड रुपैयाँ दिने गरी ५ वर्षलाई बिक्री गरिएको थियो । अर्को पक्षले रुखको ठेक्का नपाएपछि काटिउको हुनसक्ने आशंका गरिएको छ । बिहिवार घर वरपर सकेट बम राखेर घर धनीलाई बाहिर निस्कन समेत नदिई अज्ञात समूहले रुख काटेको थियो ।

 

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

विमानस्थल बन्द हुने भएपछि नेपाल एयरलाइन्सको उडान तालिका परिवर्तन

विमानस्थल बन्द हुने भएपछि नेपाल एयरलाइन्सको उडान तालिका परिवर्तन

२२ कार्तिक, काठमाडौं । नेपाल एयरलाइन्सले आफ्नो अन्तर्राष्ट्रिय उडान तालिका परिवर्तन गरे…

इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त

इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त

२१ कार्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रा. धनप्रसाद पण्डितलाई इजरायलका ल…

टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता

टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता

२१ कार्तिक, काठमाडौं । टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ । सञ्चार तथा सूचन…