SamwadKhabar logo

               

तीर्थ परिचय

जैमिनीधाम महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य

प्रमिला भुजेल

प्रमिला भुजेल

जैमिनीधाम महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य

वैशाख ३, काठमाडौं । नेपालको नक्सासँग मिल्दोजुल्दो बागलुङ जिल्लाको दक्षिण भेगमा पर्ने प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको तपोभूमि ठाउँ जैमिनी नगरपालिकालाई धार्मिक पर्यटनसँग जोड्न लागेको नगरपालिकाले जनाएको छ ।

वेदव्यास पुत्र जैमिनी ऋषिले योग साधना र तपस्या गरेको यस स्थलको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्ने विषयलाई नगरपालिकाले प्राथमिकतामा राखेको नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बताए ।

जैमिनी धामको प्राचीन महत्व रहेर पनि त्यसलाई उजागर गर्न नसकिएको वास्तविकतामा नगरपालिकाले पर्यटनसम्बद्ध संघसंस्थासँगको सहकार्यमा यसको प्रवर्द्धन र विकास गर्न खोजेको उपप्रमुख शर्माले बताए । जैमिनी नगरभित्र जैमिनी धामसँगै थन्थापीमाई मन्दिर, गाजाको दह क्षेत्र, पुरानो गाउँ क्षेत्र, हात्तीढुंगा , पुतलीगरा छिस्ती, कमलजैसी मन्दिर, शिवपुरी, राधाकृष्ण मन्दिर, शालिग्राम संरक्षित क्षेत्र गाईथुने, देवीमन्दिर चोखेक, सतिमन्दिर जैदी, रिठेडाँडा, कोट, मर्नास टापु, नागढुङ्गा र जनै मन्तर्नी पोखरी, कालापातल राङखानी, खानी निर्मित सुरुङ, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलगायतको संरक्षण र संवर्द्धनलाई नीति तथा कार्यक्रममा समेटेर संरक्षण र विकासको प्रयास गरिएको नगरपालिकाले जनाएको छ ।

प्राचीनकालदेखि नै जैमिनीधाममा प्रत्येक वर्षको माघेसंक्रान्तिमा परम्परागत मेला लाग्ने गर्दथ्यो । तर, २०४८ सालपछि भने मेलालाई माथि कुश्मिशेरा बजारमा गरिँदै आइएको स्थानीय बताउँछन् । माघेसंक्रान्ति एवं बाला चतुर्दशीमा टाढाटाढाबाट कालीगण्डकी स्नानका साथै सद्बीज छर्न भक्तजन आउने गरेका छन् ।

नगरपालिकाभित्रकै २ हजार ४ सय मिटर उचाइमा रहेको गाजाको दह यहाँको अर्का महत्त्वपूर्ण गन्तव्य हो । उक्त दहमा बर्सेनि ठूलो एकादशीमा मेला लाग्ने र तोरण टाँग्ने प्रचलन छ ।

नगरपालिकाले यहाँको मौलिकताको जगेर्ना गर्ने उद्देश्यका साथ ऐतिहासिक पोखरीको संरक्षणसँगै चौतारा एवं वरपिपलको संरक्षणलाई पनि जोड दिँदै आएको उपप्रमुख शर्माले जानकारी दिए ।

ऐतिहासिक धरोधरको संरक्षण र प्रवर्द्धनले यहाँको पर्यटकीय विकासलाई थप उजागर गर्ने उनको भनाइ छ । सांस्कृतिक मौलिकता जोगाउनका लागि यहाँका रत्यौली, लोकदोहोरी, सालैजो, सोरठी, मारुनी र घाटुआदिको संरक्षण र प्रवर्द्धनमा जोड दिइएको छ ।

प्राचीनकालदेखि चल्दै आएका जैमिनी मेला, माघेसंक्रान्ति मेला, गाजादह मेला, वैकुण्ठ चर्तुदर्शी मेला, ठूलो एकादशी मेला, हाडीकोट मेला र पुरानो गाउँ मेला आदिलाई संरक्षणसँगै उचित व्यवस्थापन गरी निरन्तरता दिँदै आइएको छ ।

पर्यटन प्रवर्द्धनका लागि चासो

जैमिनी क्षेत्रको पर्यटकीय महत्वलाई उजागर गर्न पालिकाले पहल गरिरहेका अवस्थामा यसको प्रवर्द्धन र विकासलाई पर्यटनसम्बद्ध संघसंस्थाले पनि जोड दिएका छन् ।

जैमिनी क्षेत्रकै प्रवर्द्धनमा जोड दिँदै नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् ९नाट्टा० ले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा हालै गन्तव्य पहिचान एवं प्रवर्द्धनका लागि जैमिनी क्षेत्रमा कार्यक्रम सम्पन्न गरेको नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिए ।

‘गन्तव्य पहिचान एवं प्रवर्द्धन कार्यक्रमका साथ पर्यटनसम्बद्ध व्यवसायी, सञ्चारकर्मीको सहभागितामा जैमिनीधामलगायत आसपासका पर्यटकीय गन्तव्यको स्थलगत अवलोकन गरेका छौं’, उनले भने, ‘सम्भावनायुक्त यहाँका गन्तव्यलाई पर्यटनसँग जोड्नु आवश्यक छ ।’

पोखरा पर्यटन राजधानी घोषणा भइसकेका अवस्थामा आसपासका गन्तव्यलाई समेट्नु जरुरी रहेको नाट्टा गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष एवं पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताए ।

– रासस

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

२४ साउन, काठमाडौं ।प्रत्येक वर्ष साउनभर गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसु…

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

पदम श्रेष्ठ २३ साउन, काठमाडौं । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको डहरे देउ…