SamwadKhabar logo

               

धर्म संस्कृति

बनेपामा आजदेखि चण्डेश्वरी जात्रा

प्रमिला भुजेल

प्रमिला भुजेल

बनेपामा आजदेखि चण्डेश्वरी जात्रा

जेठ ९, काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा आजदेखि चण्डेश्वरी जात्रा सुरू भएको छ । यो जात्रा विशेषगरी स्थानीय नेवार समुदायले मनाउने गर्छन् ।  

बर्सेनी चण्डी (वैशाख शुक्ल) पूर्णिमादेखि तीन दिन मनाइने जात्राका लागि यहाँका बासिन्दाले बनेपा सहरको उत्तरपूर्वी क्षेत्रमा अवस्थित चण्डेश्वरी मन्दिर र परिसर बेहुलीझैँ सिङ्गारिएको छ । बनेपालीले यो जात्रालाई निकै महत्व दिने गरेका छन् । 

जात्राको पहिलो दिन आज हनुमान ढोकाबाट ल्याइने तरवार ९खड्ग०सँगै चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरूलाई १२ वटा बोका बली दिई ‘सरकारी पूजा’ गरिने र मत पूजा (चिराग यात्रा) गरी औपचारिक रूपमा जात्रा सुरू हुने स्थानीय मनिष भोछिभोयाले बताए । उनका अनुसार करिब दुई हजार पाँच सय वर्ष अघिदेखि मनाइँदै आइएको चण्डेश्वरी जात्राका अवसरमा आज रातभरी पुजाका साथै स्थानीयका घरघरमा भोज सुरु गरिन्छ ।

भोलिपल्ट बनेपाको तीनधारामा बनाइएको पांग्रा नभएको खटलाई भेडा बली दिइएपछि देवता नभएको खाली रथ (खट)लाई स्थानीय युवाहरुले बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पु¥याउने प्रचलन छ । भोलिपल्ट तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ । 

रथ मन्दिर लैजाने बेला रथ तान्ने र घचेट्नेको उत्साहमा थप उर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालबाट उनीहरुलाई ‘ल्हाका पालुं हाः’ भन्दै साहस थपिदिने काम पनि हुन्छ । खटलाई मन्दिर नजिक पु¥याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ । यस्तै रथ बोकेर फर्कने क्रममा हरेक घरमा तयार पारिएका प्रसाद झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् ।

जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरमा भोज हुने गर्दछ । बुढापाकाले टोलटोलमा बसी विहान बेलुका भजन गाउँछन् । सडक, गल्लीमा जात्रा मनाउने र हेर्नेको भीडभाड हुन्छ । ‘शक्तिकि अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न टाढादेखि भक्तजन आउने गरेका स्थानीय राजचन्द्र श्रेष्ठले बताए । उनका अनुसार जात्रामा सामेल हुन पाउँदा निकै खुसी मान्दै भक्तजनहरू ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन् । 

जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । सरकारको तर्फबाटसमेत पूजागर्ने भएकाले यसको महत्वले अझ व्यापकता पाएको बनेपाली बताउँछन् । पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधी गरिएको स्थान भन्ने विश्वास गरिन्छ, त्यहाँ रथ पु¥याउने र भव्य स्वागत सत्कारकासाथ पूजाआजा र बली दिने परम्परा रहेको स्थानीय साहित्यकार मोहन दुवाल बताउँछन् ।

“जात्राको सुरूदेखि नै ठाउँठाउँमा बली दिइन्छ । रथलाई प्राचीन लायकू दरबारसम्म पु¥याउँदै र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने प्रचलन छ । यस्तै तेस्रो दिन अपरान्ह मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पु¥याएपछि जात्रा सकिने प्रचलन छ”, उनले भने । 

बनेपा नगर कार्यालयले बर्सेनी जात्राका लागि आर्थिक सहयोग गर्दै आएको छ । बनेपाबाट जहाँसुकै स्थानमा बसाँई गएकाहरु पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् । यहाँको जात्रा छुटाउनै हुँदैन भन्ने जनविश्वास छ । यसअवधिमा बनेपा र आसपासमा रहेका संघ, संस्था तथा विद्यालय बन्द गरिन्छन् ।

जात्रामा बनेपाका मानन्धर, भोछिभोया, राजवाहकलगायत स्थानीय नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकोले यो जात्रालाई विशेष महत्वकासाथ लिइने गरिएको हो । धार्मिक कथन एवम् किंवदन्तीअनुसार करिब २५ सय वर्ष अगाडि कुनै पनि पुरुषले मार्न नसक्ने वरदान पाएका दैत्यराज चण्डासुरलाई भगवतीको रूपमा प्रकट भई बध गरेर देवताको रक्षा गरेको खुसीयालीमा आराध्यदेवी चण्डेश्वरी माइको जात्रा मनाइँदै आइएको हो । 
 

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …