SamwadKhabar logo

               

समाचार

संसद भवनभित्र प्रहरी जवान मृत फेला

प्रमिला भुजेल

प्रमिला भुजेल

संसद भवनभित्र प्रहरी जवान मृत फेला

५ असार, काठमाडौं । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् । प्रहरी जवान दोलखाका २२ वर्षीय अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् ।

काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीका अनुसार आज बिहान उनको ड्युटी ६ बजेदेखि बिहान १० बजेसम्म थियो । उनले करिब ८ बजेतिर आफूले बोकेको इन्सास राइफलले निधारमा गोली हानेका थिए । उनी संसद भवनको दुई नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा करिब सवा आठ बजेतिर मृत फेला परेका थिए ।

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार गोले घटनास्थलमै मृत फेला परेको र घटनाबारे थप बुझ्ने काम भइरहेको छ । शौचालयतिर गोली चलेको आवाज सुनेपछि गएर हेर्दा अन द स्पट डेथ भएको प्रवक्ता कार्कीले बताए । 

शौचालयमा गएर उनले आफूले बोकेको पेस्तोल आफूमाथि प्रहार गरी आत्महत्या गरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

गोलेको शवलाई सिभिल अस्पतालमा पठाइएको छ ।

दोलखाको मेलुङ गाउँपालिका ४ का मृतक गोले  नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भई संघीय संसद सुरक्षा बेस नयाँबानेश्वरमा कार्यरत थिए । प्रहरी जवान गोले २०७८ मा प्रवेश गरेका थिए ।

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

तिहारलाई कोसेली कर्णालीको स्याउ

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

सुनकोशी नदीको बेलिब्रिज आजदेखि सञ्चालनमा

सुनकोशी नदीको बेलिब्रिज आजदेखि सञ्चालनमा

६ कार्तिक, काठमाडौं । सुनकोशी नदीको बाढीले बगाएको सिन्धुलीको गोलन्जोर गाउँपालिका ७…