SamwadKhabar logo

समाचार

न्युरोड ‘सवारी निषेधित क्षेत्र’ विरोधमा स्थानीयको प्रदर्शन

प्रमिला भुजेल

प्रमिला भुजेल

न्युरोड ‘सवारी निषेधित क्षेत्र’ विरोधमा स्थानीयको प्रदर्शन

५ असार, काठमाडौं । काठमाडौँ महानगरको न्युरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउने निर्णयमा  बुधवार स्थानीयवासी तथा व्यापारीहरूले विभिन्न प्लेकार्ड बोकी विरोध प्रदर्शन गरेका छन् । महानगरपालिकाले न्यूरोड क्षेत्रमा सवारीसाधन प्रवेशमा रोक लगाएको विरुद्धमा सवारीसाधन बिनाको न्यूरोड चाहिँदैन, भित्रि सहरमा गाडी बिनाको जीवन सम्भवत छ ? लगायतका नारा लेखिएको प्लेकार्डसहित उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।

काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक ९न्युरोड० क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना हालै आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको थियो । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको जनाएको थियो । काठमाडौँ महानगरपालिकाले  आम नागरिकको सहज आवागमन, सहरी सौन्दर्यीकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित योजना बनाएको भए पनि यसको विरोध भएको हो ।

महानगरले सवारी निषेधित क्षेत्र बनाउने योजना अन्तर्गत नै पहिलो चरणमा नयाँ सडकको पार्किङ हटाइएको थियो । दोस्रो चरणमा यात्रु चढाउने र ओराल्ने (पिक एन्ड ड्रप) प्रणाली लागु गर्नुपर्ने भन्दै महानगरले त्यसको लागि आवश्यक तयारी भइरहेको जनाएको छ । 

ताजा

सबै

प्रधानमन्त्रीले राजीनामा नदिने, २८ गते विश्वासको मत लिने

२१ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लि…

प्रधानमन्त्रीको चेतावनीः संविधान संशोधनजस्तो जटिल विषयमा खेलाँची नगर्नुहोला

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनजस्तो संवेदनश…

भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण सुरु

२८ असार, काठमाडौं । भद्रकाली मन्दिर परिसर पुनर्निर्माण सुरु गरिएको छ । रु ३४ करोड ८…

पछिल्लो एक महिनामा अविरल वर्षासँगै बाढीपहिरोबाट १०१ जनाको मृत्यु

२८ असार, काठमाडौं । देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहि…

लोकप्रिय

सबै

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

२५ असार, काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४…

पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

२५ असार, काठमाडौं । महिला एसिया कप अगाडिको अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित …

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …

नुवाकोटका ७० जना विद्यार्थीलाई शङ्खवाद्य तालिम

२६ असार, काठमाडौं । नेपाल शान्ति एवं विकास केन्द्रद्वारा सञ्चालित नुवाकोट जिल्लाको पह…

यो पनि