SamwadKhabar logo

समाचार

फ्रान्सको पहिलो चरणको निर्वाचनमा दक्षिणपन्थी दलको अग्रता

प्रमिला भुजेल

प्रमिला भुजेल

फ्रान्सको पहिलो चरणको निर्वाचनमा दक्षिणपन्थी दलको अग्रता

१७ असार, काठमाडौं । फ्रान्सको संसदीय निर्वाचनको पहिलो चरणमा घोर दक्षिणपन्थी पार्टी नेशनल रेलीले अग्रता लिएको छ । यसले फ्रान्सको राजनीतिमा नेशनल रेलीको प्रभावलाई पुष्टि गरेको छ र सत्ताको ढोकाको नजिक पुर्‍याएको छ ।

प्रवासी विरोधी नेशनल रेलीका नेता मरिन ले पेनले निर्वाचन परिणामप्रति उत्साहित हुँदै वर्तमान राष्ट्रपति इम्मानुअल म्याक्रो गुट तहसनहस भएको बताएकी छन् । पहिलो चरणको निर्वाचनमा रेलीले ३३.२ प्रतिशत मत पाएको छ । वामपन्थी गठबन्धनले २८.१ प्रतिशत र म्याक्रोको पक्षमा २१ प्रतिशत मात्र मत प्राप्त भएको बीबीसीले जनाएको छ । यसअघि सार्वजनिक चुनावी सर्वेक्षणका नतिजाले पनि मरिन ले पेन नेतृत्वको नेशनल रेलीले सबैभन्दा धेरै सिट जित्ने देखाइएको थियो ।

फ्रान्स जस्तो  ‘क्रान्तिकारी देश’ को आधुनिक कालखण्डमा दक्षिणपन्थको यो स्तरको विकासलाई धेरै राजनीतिक विश्लेषकहरू अनपेक्षित मान्छन् । नेशनल रेलीले नयाँ प्रधानमन्त्रीको रुपमा २८ वर्षीय जोर्डन बारडेलालाई अघि सारेको छ । बारडेलाले पनि समर्थकहरुलाई सम्बोधन गर्दै फ्रान्सेली जनताको साथ पाए आफू प्रधानमन्त्री बन्ने बताएका छन् । 

फ्रान्समा ५७७ सिटको नेशनल एसेम्बलीमा बहुमत हासिल गर्न २८९ सिट चाहिन्छ । फ्रान्सको निर्वाचनमा घोर दक्षिणपन्थी पार्टी नेशनल रेलीले पहिलो चरणको निर्वाचन हालसम्म जितेको छैन । यद्यपि दोस्रो चरणको निर्वाचनबाट रेली सबैभन्दा ठूलो दल बन्ने निश्चित जस्तो देखिएको बीबीसीले जनाएको छ । 

फ्रान्समा आइतवार पहिलो चरणको मतदान भएको थियो । दोस्रो चरणको मतदान ७ जुलाईमा हुनेछ ।
 
ताजा

सबै

जनकनन्दिनी सीता

जन्मजयन्ती विशेष :जनकनन्दिनी सीता ✍गणेश तिमिल्सिना वैशाख महिनाको शुक्ल पक्षको नवमी ति…

सुजन बाग श्रेष्ठले छेडाए तेश्रो पटक जिब्रो

२ वैशाख, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थीत बोडेमा जिब्रो छेड्ने जात्रा …

सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा

२ वैशाख, काठमाडौं ।बिस्केट जात्राका अवसरमा आआफ्नो टोलका देवीदेवतालाई विराजमान गराइ…

तेस्रोपटक जिब्रो छेड्दै सुजन बाग श्रेष्ठ, बोडेको जात्रालाई निरन्तरता

३१ चैत, काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइ…

लोकप्रिय

सबै

जनकनन्दिनी सीता

जन्मजयन्ती विशेष :जनकनन्दिनी सीता ✍गणेश तिमिल्सिना वैशाख महिनाको शुक्ल पक्षको नवमी ति…

यो पनि