SamwadKhabar logo

समाचार

गोकर्णेश्वरमा लागूऔषध तथा मादक पदार्थ नियन्त्रण संयोजक शिव श्रेष्ठ

संवाद खबर

संवाद खबर

गोकर्णेश्वरमा लागूऔषध तथा मादक पदार्थ नियन्त्रण संयोजक शिव श्रेष्ठ

असार १९, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले लागूऔषध तथा मादक पदार्थ नियन्त्रणको लागि शिव श्रेष्ठलाई संयोजक चयन गरेको छ । आइतवार श्रेष्ठलाई गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालले संयोजकमा चयन गरिएको पत्र हस्तान्तरण गर्नु भयो । युवा तथा खेलकुद संयोजक संजय लामा लगायतको उपस्थितीमा पत्र हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा बोल्नु हुँदै गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसालले लागूऔषध गोकर्णेश्वरको मात्र समस्या नभई घर परिवार, समाज, सिङ्गो देश र विश्वको नै समस्या भएकोले यसलाई नियन्त्रण र न्यूनीकरण गर्नको लागि गोकर्णेश्वर नगरपालिकाले प्राथमिकता साथ कार्य अगाडी बढाएको बताउनु भयो । रिसालले लागूऔषध र मादक पदार्थ मात्र नभई अहिले मानिस र बालबालिकामा बढ्दो टिभी, मोबाईल जस्ता लतमा परेका र पर्न सक्ने जोखिमको पहिचान गरि नीति तथा कार्यक्रम ल्याउने बताउनु भयो ।

संयोजक शिव श्रेष्ठले नगर प्रमुख दिपक रिसाललाई भेटेर यस बारे ध्यानाकर्षण गराएको र तत्कालै नगर प्रमुखले यस बारे गम्भीर चासोको साथ कार्य समिती गठन गरि काम गर्न आफुलाई संयोजकको जिम्मेवारी दिएकोमा कृतज्ञता व्यक्त गर्नु भयो ।

श्रेष्ठले गोकर्णेश्वर नगरपालिकामा लागूऔषध तथा मादक पदार्थ नियन्त्रण गर्नका लागि युवा, स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मी, महिला तथा बालबालिका, विद्यालय, अभिभावक, विज्ञ बुद्धिजीवी, सुधार गृह, प्रहरीसँग समन्वय गर्ने बताउनु भयो । श्रेष्ठले यस वर्ष लागू औषध र मादक पदार्थ को लतमा फसेका व्यक्ति र जोखिम वर्गको पहिचानको लागि सर्वेक्षण गरिने र आउदो वर्ष देखि नगरपालिकाले यहि रिपोर्टलाई आधार मानि नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो।

ताजा

सबै

प्रधानमन्त्रीले राजीनामा नदिने, २८ गते विश्वासको मत लिने

२१ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लि…

प्रधानमन्त्रीको चेतावनीः संविधान संशोधनजस्तो जटिल विषयमा खेलाँची नगर्नुहोला

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनजस्तो संवेदनश…

भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण सुरु

२८ असार, काठमाडौं । भद्रकाली मन्दिर परिसर पुनर्निर्माण सुरु गरिएको छ । रु ३४ करोड ८…

पछिल्लो एक महिनामा अविरल वर्षासँगै बाढीपहिरोबाट १०१ जनाको मृत्यु

२८ असार, काठमाडौं । देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहि…

लोकप्रिय

सबै

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

२५ असार, काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४…

पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

२५ असार, काठमाडौं । महिला एसिया कप अगाडिको अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित …

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …

नुवाकोटका ७० जना विद्यार्थीलाई शङ्खवाद्य तालिम

२६ असार, काठमाडौं । नेपाल शान्ति एवं विकास केन्द्रद्वारा सञ्चालित नुवाकोट जिल्लाको पह…

यो पनि