SamwadKhabar logo

समाचार

उपत्यकाका विभिन्न स्थान डुबानमा, अड्किएको अवस्थामा शव फेला

प्रमिला भुजेल

१६ साउन, काठमाडौं । मङ्गलवार राती परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन्। अविरल वर्षाका कारण नदीको बहाव बढी उपत्यका डुबानमा परेको हो । 

बाढीका कारण उपत्यकाका नदी किनार छेउका बस्तीहरु सडक, होटल, विद्यालय जलमग्न भएका छन्  ।

बल्खुस्थित तरकारी बजार र सुकुम्वासी बस्तीमा पनि बाढी पसेकोले  डुबानमा छ । विहान ४ः०० बजेदेखि जिल्ला काठमाण्डौं वडा नं. १७ बल्खु एरियाको वागमती नदीमा बाढी आई घरहरु डुबान भएको खबर प्राप्त हुनासाथ नेपाल प्रहरीको विपद् उद्धार टोली आवश्यक उद्धार सामाग्रीहरुसहित बाढीमा फसेका व्यक्तिहरुलाई सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।

उद्धार गर्नेक्रममा काठमाडौँको बल्खु खोलामा एक जनाको शव फेला परेको छ । खोलामा आएको बाढीले बगाएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । बाँके घर भएका सुकुम्वासी बस्तीमा बस्ने ४५ वर्षीय राम सरूप महतोको बुधबार बिहान बल्खु पुल मुनि अड्किएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । 

अविरल वर्षाका कारण काठमाडौँको कीर्तिपुर नगरपालिका– १० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

बागमती यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खु खोलालगायत सबैमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज काठमाडौँ, ललितपुर, भक्तपुर, रुपन्देही, अर्घाखाँची, स्याङजा, गुल्मी, कपिलवस्तु, दैलेख, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, कैलाली, कन्चनपुर र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरुमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि