SamwadKhabar logo

               

विविध

हेटौंडामा कार्यालय खोलेर अनलाइन ठग्ने ९ जना पक्राउ

संवाद खबर

संवाद खबर

हेटौंडामा कार्यालय खोलेर अनलाइन ठग्ने ९ जना पक्राउ

२३ साउन, काठमाडौं । हेटौंडामा कम्पनी दर्ता गरी कार्यालय खोलेर अनलाइन ठगी धन्दा चलाएको आरोपमा ९ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । अनलाइन ठगीधन्दा चलाइरहेको सूचनाको आधारमा सोमवार साँझ प्रहरीले अनलाइन ठगीमा संलग्न ठगहरुलाई कार्यालयबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारतको पटना थाना आलमगंजका २८ वर्षीय नवनित कुमार, झारखण्डका २७ वर्षीय शाहरुख खान, बिहारका २९ वर्षीय कुन्दन कुमार, नैनिताल उत्तराखण्डका २६ वर्षीय आशिष कब्डौला, राँची झारखण्डका ३४ वर्षीय विशाल कक्कड, राँची झारखण्डका ३८ वर्षीय लोकेशकुमार दुवे, राँची झारखण्डकै २९ वर्षीय विकासकुमार सिंह, नांगलोड वेस्टी दिल्लीका २८ वर्षीय अरुण कुमार र गजियावाद उत्तर प्रदेशका ४० वर्षीय कुनाल शर्मा छन् । 

मकवानपुर प्रहरीले सोमवार साँझ हेटौंडा उपमहानगरपालिका–४ पारिजातपथस्थित प्रमोद वाग्लेको घरको फ्ल्याट भाडामा लिएर कार्यालय सञ्चालन गरी अनलाइन ठगी धन्दा चलाइरहेको सूचनाको आधारमा छापा मारेको थियो । 

भारत नयाँदिल्ली घर भएका द्रविनकुमार सिंहको नाममा १० फागुन २०८० मा हेटौंडा उपमहानगरपालिका कार्यालयमा ‘मेडिअसिष्ट’ कम्पनी दर्ता गरी परामर्श सेवा प्रदान गर्ने उद्देश्यले कम्पनी खोलेको प्रहरीले जनाएको छ । उक्त कम्पनी सोही मितिमा आन्तरिक राजस्व कार्यालय हेटौंडामा मानव स्वास्थ्य सम्बन्धी अन्य क्रियाकलापका सेवा प्रदान गर्ने प्रयोजनका लागि दर्ता भएको प्रहरीले बताएको छ । जुन उद्देश्यले कम्पनी दर्ता गरिएको थियो त्यो अनुसारको कुनै पनि कार्यहरु हालसम्म पनि नगरिएको प्रहरीले जनाएको छ ।

अनलाइन ठगेको सबै डाटा भारतको राँचीस्थित हेड अफिसमा मात्रै रहेको भेटिएको मकवानपुरका प्रहरी प्रमुख सिताराम रिजालले बताउनुभयो । उहाँको अनुसार उक्त कम्पनीबाट कुनै पनि आर्थिक कारोबार कानुन बमोजिम नगरिएको साथै अभिलेखीकरण पनि नभएको, भारतको राँचीस्थित हेड अफिसमा मेन सरभर राखेर ‘क्वीक कल क्लाइन्ट सफट्वेयर’ मार्फत काम गर्ने गरिएको, सफ्टवेयरमार्फत ‘टार्गेट’ व्यक्तिको पहिचान गरी उसको सम्पूर्ण विवरण सफ्टवेयरमार्फत नै भारत पठाउने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको  छ । ‘मेडि असिष्ट’ कम्पनी देखाएर सर्वसाधारणलाई अनेकौं प्रलोभनमा पार्ने, सट्टेबाजी खेलाउने, क्रिप्टोकरेन्सीको काम गर्ने, उपहार परेको वा पार्सल आएको नाममा अनलाइन ठगी गर्ने गरेको एसपी रिजालले जानकारी दिनुभयो । 

ठगी धन्दामा संलग्न कम्पनीमा १२ जना भारतीय नागरिक मात्रै कार्यरत रहेकोमा कम्पनीका सञ्चालक द्रबिनकुमार सिंह, रजत शर्मा र प्रकाश भनिने आरोपित तीन जना फरार रहेको प्रहरी प्रमुख रिजालको भनाइ छ ।

उक्त कार्यालयबाट ल्यापटप ७ वटा, राउटर ३ वटा, मोबाइल १३ वटा, हार्डडिस्क १, बेव क्यामेरा १, मेडी एसिस्ट डाइरेक्टर लेखेको स्ट्याम्प २ थान, मेडी एसिस्ट लेखेको स्ट्याम्प २ थान लगायत सामान बरामद  भएको छ ।

मकवानपुरका प्रहरी प्रमुख रिजालका अनुसार कम्पनी दर्ता गरी कार्यालय नै राखेर अनलाइन ठगीमा संलग्नलाई पक्राउ गरी अदालतमा पेस गरिएको छ ।  

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि कास्कीबाट रुपन्देही पठाइयो

पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि कास्कीबाट रुपन्देही पठाइयो

५ कार्तिक, काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहनुभएको नेपाल प्रहरीका प…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गर्ने

रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गर्ने

५ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टीका सभापति रवि ला…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…