SamwadKhabar logo

समाचार

४७ अर्ब ४१ करोड नाफामा प्राधिकरण, प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ३२ अर्ब

संवाद खबर

संवाद खबर

४७ अर्ब ४१ करोड नाफामा प्राधिकरण, प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ३२ अर्ब

२५ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो दोस्रो कार्यकालको तीन वर्षे उपलब्धि सुनाउनुभएको छ । 

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा आयोजना गर्नुभएको पत्रकार सम्मेलन कार्यक्रममा उहाँले प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा रहेको बताउनुभएको छ । साथै आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेकोको प्राधिकरण अहिले उल्लेख्य नाफामा गइसकेकको बताउनुभयो । 

उहाँले भन्नुभयो, “आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ,”

उहाँले प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि दुई खर्ब ११ अर्ब रुपियाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्ब रुपियाँ पुगेको जानकारी दिनुभयो ।

२०७८ साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्त भएको बताउँदै उहाँले सामुदायिकसहित ५९ लाख ६० हजार प्राधिकरणका ग्राहक रहेको जानकारी दिनुभयो ।

आठ वर्षअघि पहिलो कार्यकालका लागि प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त हुँदा प्रतिवर्ष तीन अर्ब ३२ करोड युनिट विद्युत खपत हुने गरेकोमा अहिले प्रतिवर्ष १० अर्ब २३ करोड युनिट विद्युत खपत भइरहेको घिसिङले जानकारी दिनुभयो । 

प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो मात्रामा लगानी भइरहेको बताउनुहुँदै सुकुम्बासी बस्ती, चेपाङ बस्ती र मुसहर बस्तीलगायत विपन्न वर्गको घरपरिवारमा विद्युत् पुर्‍याउन निःशुल्क मिटरसमेत वितरण गरिएको उहाँले जानकारी दिनुभयो । 

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

तिहारलाई कोसेली कर्णालीको स्याउ

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

सुनकोशी नदीको बेलिब्रिज आजदेखि सञ्चालनमा

सुनकोशी नदीको बेलिब्रिज आजदेखि सञ्चालनमा

६ कार्तिक, काठमाडौं । सुनकोशी नदीको बाढीले बगाएको सिन्धुलीको गोलन्जोर गाउँपालिका ७…