SamwadKhabar logo

समाचार

बचत रकम फिर्ता नपाउँदा सहकारी पीडितको मृत्यु, शव बोकेर विरोध प्रदर्शन

संवाद खबर

संवाद खबर

बचत रकम फिर्ता नपाउँदा सहकारी पीडितको मृत्यु, शव बोकेर विरोध प्रदर्शन

२७ साउन, काठमाडौं । बचत रकम फिर्ता नपाएर अस्पतालमा उपचाररत एक सहकारी पीडितको निधन भएपछि सहकारी पीडितहरूले नक्कली शव बोकेर विरोध प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिका–३१ शंखमुलका स्थायीवासिन्दा ७१ वर्षीय राजेन्द्र स्थापितको उपचार क्रममा रकम अभाव हुँदा निधन भएपछि सहकारी पीडितले नक्कली शव बनाएर शान्तिवाटिका हुँदै सहिदगेटबाट परिक्रमा गराएर सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।

पारिवारिक स्रोतका अनुसार न्युरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारीमा १ करोड ३६ लाख रुपैयाँ बचत गरेको र रकम अभावमा उपचार हुन नसकेकाले ज्यान गएको हो । मस्तिष्कघात भएपछि उपचारका लागि वीर अस्पताल पुर्‍याइएका स्थापितको अस्पतालमा राख्नुपर्ने धरौटी रकम राख्न नसक्दा उपचारमा ढिलाइ भएर निधन भएको परिवारका सदस्यले बताएका छन् ।

माइतीघरमा लामो समय धर्नामा बसेका स्थापितको रकम अभावका कारण अस्पतालले समयमा उपचार नगर्दा निधन भएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघ प्रवक्ता पुरुषोत्तम कार्कीले बताए ।

आइतवार महासंघ नेतृत्वमा भएको उक्त प्रदर्शनमा राष्ट्रिय मुक्ति क्रान्तिका अभियन्ता केशव झा, मुक्ति क्रान्ति नेवाः राष्ट्रिय परिषद् संयोजक सुमन सायमी, उपत्यका विशेष ब्युरो संयोजक रविन्द्रकुमार श्रेष्ठसहित सयौंको उपस्थिति थियो । हातमा प्लेकार्ड लिएका प्रदर्शनकारीले कफन बाँधेर नक्कली लाशको बाकस बोकेका थिए ।

स्थापितको घटनाबारे सकारी पीडितले प्रहरी वृत्त जनसेवामा जाहेरी दिएका छन् ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

२६ फागुन, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपाल…

लोकप्रिय

सबै

जताततै घण्टी छाप, कांग्रेस हाप, एमाले पत्तासाप, अरू दल सडकछाप

नेपालको प्रतिनिधिसभा निर्वाचनमा कुल २७५ सिट छन्, जसमा १६५ प्रत्यक्ष र ११० समानुपातिक …

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

२५ फागुन, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका१० कपन बालुवाखानी नगर अस्पता…

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

ललितपुर–२ मा रास्वपाका जगदिश खरेल विजयी

२४ फागुन, काठमाडौं । ललितपुर२ मा रास्वपाका जगदिश खरेल निर्वाचित हुनुभएको छ । अन्तर…

यो पनि

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

२६ फागुन, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपाल…

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

२५ फागुन, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका१० कपन बालुवाखानी नगर अस्पता…

कास्कीमा ४ हजार ६९८ मत बदर

कास्कीमा ४ हजार ६९८ मत बदर

२५ फागुन, काठमाडौं । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा…