SamwadKhabar logo

धर्म संस्कृति

ललितपुरको कुम्भेश्वर मन्दिरमा जनैपूर्णिमा मेला लाग्दै

संवाद खबर

संवाद खबर

ललितपुरको कुम्भेश्वर मन्दिरमा जनैपूर्णिमा मेला लाग्दै

२ भाद्र, काठमाडौं । ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा जनैपूर्णिमा विशेष मेला लाग्दै छ । हरेक वर्ष जनै पूर्णिमाको अघिल्लो रात अर्थात् श्रावण शुक्ल चतुर्दशीमा कुम्भेश्वर मन्दिरमा मेला लाग्ने गरेको छ । 

जनै पूर्णिमाको अघिल्लो रात आज साँझ पनि कुम्भेश्वर मन्दिरमा मेला लाग्ने भएको हो ।

मेलामा सर्वेश्वर महादेवको नागले बेरेको मुकुटलाई विधिवत रूपमा पूजागरी बाजा–गाजाका साथ कुम्भेश्वर परिसर परिक्रमा गराइन्छ । परिक्रमापश्चात् गौरीकुण्डबाट पाटन आएको जलले स्नान गराई खटभित्र राखेर विधिपूर्वक पूजाआजा गरेपछि जनैपूर्णिमा वा रक्षाबन्धन आरम्भ हुने बताइएको छ ।

स्वस्थानीमा वर्णन भएका ६४ शिवलिङ्गमध्ये सर्वेश्वर पनि एक हो । महादेव जलमा विराजमान भएको प्रतिकस्वरूप सर्वेश्वर महादेवको मुकुटलाई मन्दिर परिसरमा भएको पोखरीमा स्नान गराई खटभित्र पूजा गरेर रातभरि पोखरीमा राख्ने परम्परा छ ।

सर्वेश्वर महादेवको मुकुटलाई कुम्भेश्वर मन्दिरका मूल पुजारी माधवश्याम शर्माले बोक्ने र देवल पोखरी गुठियार तथा महादेव मन्दिरका भण्डारीले पूजा गर्दै परिक्रमा गराउने चलन रहेको छ ।

सनातन धर्मावलम्बीहरूको ठूला चाडहरूमध्ये जनै पूर्णिमा एक हो । यस दिनलाई ऋषि तर्पणी, क्वाटी पुन्ही (क्वाटी पूर्णिमा), गुनः पुन्ही, रक्षा बन्धन पनि भनिन्छ ।

देशका विभिन्न स्थानबाट हजारौंको संख्यामा भक्तजनहरू सर्वेश्वर महादेवको दर्शनगरी कुम्भेश्वर मेला भर्न आउँदछन् । यस दिन रसुवाको गोसाइँकुण्ड, काठमाडौंको पशुपतिनाथ, ललितपुर पाटनको कुम्भेश्वर महादेव तथा देशका विभिन्न शिवालयमा मेला लाग्ने गर्दछ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

यो पनि

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …