SamwadKhabar logo

               

धर्म संस्कृति

हिन्दु महिलाहरूको महान पर्व तीज सुरु, आज दरखाने दिन

संवाद खबर

संवाद खबर

हिन्दु महिलाहरूको महान पर्व तीज सुरु, आज दरखाने दिन

२० भाद्र, काठमाडौं । हिन्दु महिलाहरू आज तीज पर्वको पहिलो दिन दर खाएर मनाउदै छन् । नेपालीहरुले विशेषगरी आज माइतीपक्षले चेलीबेटीलाई बोलाएर दरका रूपमा विशेषगरी दूधबाट बनेका विभिन्न शुद्ध परिकार बनाएर खुवाउने प्रचलन छ ।

खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गरिन्छ । 

परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन निराहार व्रत बसेको र कामना पुरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहितहरुले पतिको सुस्वास्थ्य, दीर्घायू र प्रगतिको कामना गर्दै व्रत बस्ने चलन रहेको छ ।

तिजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरूले शक्ति प्राप्तिका लागि मीठा एवं आडिलो परिकार दरका रूपमा खाइ भोलिपल्टको व्रतका लागि पूर्व तयारी गर्ने गर्छन् । तिजमा निराहार व्रत बस्नुको साथै नाच्ने गाउने गर्ने हुनाले शक्ति आवश्यक पर्ने भएको कारणले दर खाने चलन रहेको पनि बताउछन् । 

महिलाहरूले वर्षदिनभर आफूलाई परेका दुःख, पिर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत लिने गरिन्छ । गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । 

यस दिन परिवारका सबै सदस्यहरू, आफन्तहरू र साथीहरू सबैजना एक ठाउँमा भेला भएर भोजन गर्ने गरिन्छ । जसले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउँछ । त्यसैले आजको दर खाने दिनलाई एकता र मेलमिलापको प्रतीकको रुपमा पनि लिइन्छ । 

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …

आज ऋषिपञ्चमी पर्व मनाइँदै

आज ऋषिपञ्चमी पर्व मनाइँदै

भदौ २३, काठमाडौँ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा …