SamwadKhabar logo

               

विविध

स्वर्गद्वारीमा प्यागोडा शैलीको मन्दिर निर्माण गरिने

संवाद खबर

संवाद खबर

स्वर्गद्वारीमा प्यागोडा शैलीको मन्दिर निर्माण गरिने

७ असोज, काठमाडौं । प्युठान जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीमा प्यागोडा शैलीको मन्दिर निर्माण गर्न थालिएको छ । स्वर्गद्वारी आश्रमले भक्तजनको दान र सहयोगबाट उक्त मन्दिर निर्माण गर्न लागेको हो ।

दशैंपछि निर्माण सुरु गर्नेगरि मन्दिर निर्माणको लागि भक्तजनबाट निःस्वार्थ सहयोगका लागि अपिल गरिएको स्वर्गद्वारी आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले जानकारी दिनुभयो । उहाँले पशुपतिनाथको जस्तै शैलीमा मन्दिर बनाउन लागिएको र काठैकाठको प्यागोडा शैलीको मन्दिर बन्ने बताउनुभयो ।  

प्यागोडाशैलीको मन्दिर दुईतले छानो हुनेछ । चारैतर्फ मुख्य कलात्मक काष्ठद्वार, प्रत्येक टुँडाल र लकासीहरुमा भगवानका विभिन्न अवतार चित्राङ्कित काष्ठकलाको प्रयोग गरिने आश्रमले जनाएको छ ।

स्वर्गद्वारी महाप्रभु नारायण गौतम रोल्पाको रुन्टीगढीमा विक्रम संवत् १९१६ श्रावण शुक्ल पक्ष पुत्रदा एकादशीमा जन्म भएको थियो । महाप्रभुले विक्रम संवत्  १९५२ वैशाख पूर्णिमा दिन स्वर्गद्वारीमा वेदको मन्त्रद्वारा अग्नि प्रज्वलित गरी अखण्ड महायज्ञ स्थापना गर्नुभएको थियो । 

स्वर्गद्वारीमा विशेष गरेर वैशाखे पूर्णिमा, गाईतिहारे औंसी, माघे सङ्क्रान्तिमा विशेष मेला लाग्ने गर्दछ । स्वर्गद्वारीमा बाह्रै महिना पूजाआजा हुने गर्दछ ।  

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि कास्कीबाट रुपन्देही पठाइयो

पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि कास्कीबाट रुपन्देही पठाइयो

५ कार्तिक, काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहनुभएको नेपाल प्रहरीका प…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गर्ने

रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गर्ने

५ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टीका सभापति रवि ला…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…