SamwadKhabar logo

               

समाचार

बागमती प्रदेश सरकारले मृतकका परिवारलाई एक लाख दिने

संवाद खबर

संवाद खबर

बागमती प्रदेश सरकारले मृतकका परिवारलाई एक लाख दिने

१४ असोज, काठमाडौं ।  बागमती प्रदेश सरकारले अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत स्वरुप एक लाख रुपियाँ दिने निर्णय गरेको छ । सोमवार बसेको बागमती प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको बैठकअनुसार प्रदेश विपत् व्यवस्थापन कोषबाट जिल्ला विपत् व्यवस्थापन कोषमा मृतकका परिवारलाई राहत प्रदान गर्ने गरी रकम निकासा गर्ने निर्णय गरेको हो । 

पत्रकार सम्मेलनमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपत्बाट बढी क्षति भएको देखिएका १० जिल्लामा गरी दुई करोड ३० लाख रुपियाँ निकासा गर्ने जानकारी गराइएको थियो । 

प्रदेश र सङ्घीय राजधानी जोड्ने मार्ग तत्काल खोल्न सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुहुँदै विपत् प्रभावित क्षेत्रमा तथ्याङ्क सङ्कलन, राहत र उद्धारलाई तीव्र बनाइएको प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताउनुभयो । उहाँले विपत्बाट बढी क्षति भएको देखिएका काभ्रेपालञ्चोक जिल्लालाई ६० लाख, धादिङ जिल्लालाई ५० लाख, ललितपुर जिल्लालाई ३० लाख, काठमाडौँ जिल्लालाई २०लाख, सिन्धुपाल्चोक जिल्लालाई २० लाख तथा दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर र भक्तपुर जिल्लालाई १०/१० लाख रुपियाँका दरले राहत वितरण गर्न प्रदेश विपत् व्यवस्थापन कोषबाट जिल्ला विपत् व्यवस्थापन कोषमा रकम प्रदान गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । 

प्रदेशका १३ वटा जिल्लाका विपत् व्यवस्थापन कोषमा पाँच/पाँच लाखका दरले प्रदेश विपत् व्यवस्थापन कोषबाट कुल ६५ लाख रुपियाँ उपलब्ध गराइने भएको छ ।

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

तिहारलाई कोसेली कर्णालीको स्याउ

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

सुनकोशी नदीको बेलिब्रिज आजदेखि सञ्चालनमा

सुनकोशी नदीको बेलिब्रिज आजदेखि सञ्चालनमा

६ कार्तिक, काठमाडौं । सुनकोशी नदीको बाढीले बगाएको सिन्धुलीको गोलन्जोर गाउँपालिका ७…