SamwadKhabar logo

               

समाचार

ललितपुरमा थप ६ जनाको शव फेला, मृतकको संख्या ४०

संवाद खबर

संवाद खबर

ललितपुरमा थप ६ जनाको शव फेला, मृतकको संख्या ४०

१५ असोज, काठमाडौं । ललितपुरमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी मृत्यु भएका ६ जनाको शव फेला परेको छ । 

ललितपुरका एसएसपी शेखर खनालका अनुसार थप ६ जनाको शवसँग गरी हाल ललितपुरमा मृतकको संख्या ४० पुगेको छ । 

महांकाल गाउँपालिका–२ बस्ने ९ वर्षीय आयुष स्याङ्तान, महांकाल–२ स्थित ठोस्ने खोला बस्ने एकै परिवारका ४० वर्षीय राममाया स्याङतान, छोरा १४ वर्षीय अजय स्याङ्तान र अर्का छोरा ११ वर्षका सुवास स्याङतान र उनकी ९ वर्षीय छोरी सलिना स्याङ्तानको शव भेटिएको छ । महांकाल गाउँपालिका–३ गोटिखेलबाट बेपत्ता भएका ईश्वर तिमल्सिनाको पनि शव भेटिएको छ ।

बेपत्ता भएका १० जनाको खोजी भइरहेको एसएसपी खनालले जानकारी दिनुभयो । बेपत्ता भएकाहरू ललितपुर महानगर–१४ नखिपोटका ५ वर्षीय सेतु साह, ओखलढुङ्गा घर भएर ललितपुर बस्ने ४० वर्षीय देवराज कार्की,  रौतहट घर भएर नखिपोट बस्ने ३२ वर्षीय बिकाउ साह, नाम नखुलेको ईश्वर तिमल्सिनाको आमा, महांकाल–३ गोटीखेल, ईश्वरको पत्नी गोम तिमल्सिना, गोदावरी नगरपालिका–६ आनन्दबन अस्पतालमा कार्यरत ३० वर्षीय विवेक सिंह, बागमती गाउँपालिका–१ घुसेल ५० वर्षीय केशव न्यौपाने, महांकाल–२ का १२ वर्षीय संजिता स्याङतान, ३५ वर्षीय छविलाल स्याङतान, महांकाल गाउँपालिका–२, छविलाल स्याङ्तानको भाउजू (नाम नखुलेको) छन् । 

विपद्मा परेर घाइते भएका ३ जनाको उपचार हुँदै छ । 

रौतहट घर भएर ललितपुर बस्ने ६ वर्षीय मेघना शाह, गोदावरी नगरपालिका–७ बस्ने ३४ वर्षीय ठुलीमाया रुम्बा र बामगति गााउँपालिका–४ बस्ने भूषण अर्यालको उपचार भइरहेको छ ।

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

तिहारलाई कोसेली कर्णालीको स्याउ

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

सुनकोशी नदीको बेलिब्रिज आजदेखि सञ्चालनमा

सुनकोशी नदीको बेलिब्रिज आजदेखि सञ्चालनमा

६ कार्तिक, काठमाडौं । सुनकोशी नदीको बाढीले बगाएको सिन्धुलीको गोलन्जोर गाउँपालिका ७…