SamwadKhabar logo

               

समाचार

हिन्दू स्वयंसेवक संघ काठमाडौं संभागकाे प्रारम्भिक वर्ग सम्पन्न

संवाद खबर

संवाद खबर

हिन्दू स्वयंसेवक संघ काठमाडौं संभागकाे प्रारम्भिक वर्ग सम्पन्न

असोज २२, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपाल काठमाडौँ सम्भागले तिलगंगाको श्री शारदा माध्यमिक विद्यालयमा प्रारम्भिक वर्ग सम्पन्न भएको छ। विद्यार्थीहरूलाई बौद्विक विकास, शारीरिक व्यायाम र धर्म संस्कृतिको ज्ञान मूल्यमान्यता विषयहरूमा विशेष प्रशिक्षण दिन यही असोज १७ बाट सुरु गरिएको प्रारम्भिक वर्ग आइतवार सम्पन्न भएको हो । 

चार दिन सञ्चालन गरिएको वर्ग प्रारम्भिक वर्ग संघका राष्ट्रिय संघचालक कल्याण कुमार तिम्सिनाको विशेष उपस्थितिमा सम्पन्न भएको संघ काठमाडौं सम्भागले जनाएको छ ।

वर्गमा वर्गाधिकारी तेजनाथ निरौला, राष्ट्रिय कार्यवाह मुरली प्रसाद निरौला, विभाग संघचालक ऋषि ढुङ्गाना, वर्ग सर्वव्यवस्था प्रमुख एवं विभाग कार्यवाह रामशरण सापकोटा, स्थानीय समाजसेवी एवं योग गुरु कुशल कार्की, मध्य जिल्ला कार्यवाह महेश सिंह, सेवा प्रमुख प्रसाद पौडेल, ललितपुर जिल्ला कार्यवाह लालबहादुर चौधरी, मुख्य शिक्षक पदम बिष्ट लगायत १६ जना व्यवस्था शिक्षक र ६० जना शिक्षार्थीहरूको सहभागितामा उक्त वर्ग सम्पन्न भएको छ ।

चार दिने वर्गमा विद्यार्थीहरूलाई बौद्विक विकास, शारीरिक व्यायाम, योग अभ्यास, धर्म संस्कृतिको ज्ञान मूल्यमान्यता जस्ता विषयहरूमा विशेष प्रशिक्षण प्रदान गरिएको थियो। संघले देशभर यस समय युवा विद्यार्थी एवं बालबालिकाहरूलाई उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । संघले नयाँ पुस्तालाई वैदिक दर्शन, विचार मूल्यमान्यता, हिन्दूत्व विचार  र जीवन पद्धति सिकाउने उद्देश्यले यस्तो कार्यक्रम गर्दै आइरहेको छ ।

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

तिहारलाई कोसेली कर्णालीको स्याउ

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

सुनकोशी नदीको बेलिब्रिज आजदेखि सञ्चालनमा

सुनकोशी नदीको बेलिब्रिज आजदेखि सञ्चालनमा

६ कार्तिक, काठमाडौं । सुनकोशी नदीको बाढीले बगाएको सिन्धुलीको गोलन्जोर गाउँपालिका ७…