SamwadKhabar logo

               

पत्रपत्रिका

बुढानीलकण्ठ नगरपालिकाद्धारा बजार अनुगमन गरी म्याद नाघेका सामाग्रिहरु जफत गरी नष्ट

संवाद खबर

संवाद खबर

बुढानीलकण्ठ नगरपालिकाद्धारा बजार अनुगमन गरी म्याद नाघेका सामाग्रिहरु जफत गरी नष्ट
काठमाडौँ फागुन १३ । बूढानीलकण्ठ नगरपालिका वडा नं १० र ११ मा  मंगलबार बजार अनुगमन भएको छ। उपमेयर नेतृत्वको अनुगमन टोलिले निरिक्षण गर्दा दुई वटा मार्ट बाट ११.३ के.जी. बराबरको सामाग्रि जफत गरि नष्ट गरेको थियो मंगलबार आकस्मिक निरिक्षणमा निस्केको अनुगमन टोलिले नगरपालिकाको वडा नं ११ को युनाईटेड ग्रोसरी र वडा नं १० को नागरीक बहुउद्देशिय संस्था अन्तर्गतको मार्टमा अनुगमन गरेको नगरपालिकाले जनाएको छ । वडा नं ११ को युनाईटेड ग्रोसरी अनुगमन गर्दा ग्रोसरीको  मुल्य सुचि, साईनवोर्ड, व्यवसाय दर्ता , व्यवसाय नविकरण , खरिद-बिक्रि बिल लगायतको प्रमाण पत्र र कागजात सबै अद्यावधिक भएको पाईए पनी मार्टमा रहेको केहि सामाग्रिहरुको म्याद नाघेको पाईएको थियो। म्याद नाघेको खद्य वस्तुहरुमा ल्याक्टोजिन पाउडर  ३६०० ग्राम  (९ प्याकेट), पराठा ३ प्याकेट, बर्गर बम १ प्याकेट, ब्रिटानिया बिस्कुट  ७५० ग्राम (३ प्याकेट), २ के.जी चना दाल, १ के.जी. रहर दाल, बाजेको मसला  ५५० ग्राम (११ बट्टा) , सेकुवा मसला ७०० ग्राम  (७ प्याकेट), सेञ्चुरी मसला ३५० ग्राम  (७ प्याकेट) लगायत पाँउ ५ प्याकेट रहेको थियो ।  यस्तै सोहि दिनमै  वडा नं १० आकाशेधारा चोक स्थित नागरीक बहुउद्देशीय संस्था अन्तर्गतको मार्ट अनुगमन  गर्दा मार्टको सबै कानुनी कागजातहरु अद्यावधिक रहेको तर नापतौल प्रमाण पत्र नरहेको पाएको थियो।  म्याद नाघेको सामाग्रिहरुमा  दालचिनि पाउडर ३०० ग्राम(३ प्याकेट), अदुवा पाउडर ३०० ग्राम(३ प्याकेट), पिनट बटर ४५५० ग्राम ( १३ प्याकेट) रहेको थियो। म्याद नाघेको सबै सामाग्रिहरु टोलिले जफत गरी नष्ट गरेको छ। बजार अनुगमनमा रहेका प्रशासकिय अधिकृत जयराम गजुरेलले युनाईटेड ग्रोसरी संचालक मान बहादुर राई र नागरीक बहुउद्देशीय संस्था अन्तर्गतको मार्ट कर्मचारी कृष्णमाया तामाङ लाई  म्याद नाघेका सामाग्रिहरु मार्टको बिक्रि कक्षमा नराख्न र मार्टको  व्यवस्थापनमा ध्यान दिन निर्देशन दिनु भएको थियो। उहाले उक्त मार्टहरुमा पुनः अनुगमन गर्दा दिईएका निर्देशनहरु पालना नभएको पाईएमा कानुनबमोजिम कारबाही गरिने बताउनुभयो। बजार अनुगमन संयोजक उपमेयर रमा देवि राईको नेतृत्वमा भएको अनुगमनमा सुशासन समिति संयोजक वडा नं १२ अध्यक्ष,  शम्भु प्रसाद भट्टराई,  वडा नं १० सदस्य चन्द्र मान श्रेष्ठ, प्रशासकिय अधिकृत जयराम गजुरेल, स्वास्थ्य महासाखा प्रमुख कुमार प्रसाद दाहाल, नगरपालिका कर्मचारी मनिराम राई लगायत नगर प्रहरी र प्रहरी प्रभाग कपनको उपस्थिति थियो।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

१२ मंसिर, काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६…

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

१० मंसिर, काठमाडौं । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरी रसुवा जिल्…

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

२९ जेष्ठ, काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट नयाँ सवारी दर्तामा साउनबाट अनिवार्य भनिएपछि …

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिन…