SamwadKhabar logo

विविध

बूढानीलकण्ठ नगरपालिकामा विपद प्रतिकार्यका लागि सामुदायिक पहल (CADRE) तालिम सम्पन्न

संवाद खबर

संवाद खबर

बूढानीलकण्ठ नगरपालिकामा विपद प्रतिकार्यका लागि सामुदायिक पहल (CADRE) तालिम सम्पन्न
  काठमाडौँ फागुन १३ । बूढानीलकण्ठ नगरपालिकामा विपद प्रतिकार्यका लागि सामुदायिक पहल (CADRE) तालिम सम्पन्न भएको छ। नगरपालिकाका नवनियुक्त नगर प्रहरीहरुलाई विपद प्रतिकार्य सम्वन्धि प्रशिक्षित गराउने उद्देश्यले नगरपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाईटि को समन्वयमा भएको ४ दिने तालिम को बुधबार समापन भएको थियो । यस ४ दिनको अवधिमा सहभागि १८ नगर प्रहरीहरुलाई विपदका घटनाहरुमा आधारभुत जिवन सुरक्षा ज्ञान लगायत प्रमुख प्रतिकार्यको लागि आधारभुत  तथा अभ्यास मुलक तालिम नगरपालिकाले प्रदान गरेको थियो । तालिम समापनको दिन शिक्षार्थिहरुले तालिम अवधि भर सिकेका विपद नियन्त्रण तथा प्रतिकार्य सिपहरुको अभ्यास प्रदर्शनी समेत गरेका थिए। घर भित्र च्यापिएका मानिसहरुलाई उद्दार , आगलागिका घटनामा प्रतिकार्य तरिका , पानिमा डुबेका व्यक्तिहरुलाई बचाउने लगायत प्राथमिक उपचारका बिधि र उद्दार गरिएका घाईतेहरुलाई सम्बन्धित स्थान\ अस्पताल सम्म सुरक्षित तरिकाले लैजाने शैलिहरुको अभ्यास प्रदर्शन भएको थियो। नेपाल रेडक्रस सोसाईटिका ‍विज्ञ प्रशिक्षकहरुले दिएको तालिममा सहभागि नगर प्रहरीहरुले तालिम अवधिभर अनुशासित र सकृय सहभागिता जनाएको र तालिमबाट सिकेको सिपहरुलाई विपदको स्थितिमा प्रतिकार्य गर्न तयार रहेको प्रशिक्षण संयोजक नवराज भण्डारीले बताउनु भयो। उहाले आफु नगरपालिकाकै स्थानिय भएकोले नगरप्रहरीहरुलाई तालिमका कुनै  बिषयमा अझै केही सिक्न चाहाने कौतुहलता भए व्यक्तिगत रुपमा सजिलै सम्पर्क गर्न सकिने समेत जानकारी गराउनु भएको थियो। तालिमको बुधबार भएको समापन कार्यक्रममा नगर प्रमुख उद्दव प्रसाद खरेल, प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ सापकोटा, नेपाल रेडक्रस सोसाईटिका  प्रशिक्षक संयोजक नवराज भण्डारी लगयात प्रशिक्षक संगिता महर्जन, कृष्ण प्रसाद अधिकारी, ईन्दिरा पौडेल, सन्तोष महर्जन, रमन कृष्ण महर्जनको उपस्थिति थियो। समापन कार्यक्रममा नगर प्रमुख उद्दव प्रसाद खरेलबाट शिक्षार्थि तथा प्रशिक्षकहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो। प्रमुख खरेलले नगर प्रहरीहरुलाई  विपदको समयमा सकृय भई प्रतिकार्यको लागि तयार रहन अनुरोध गर्दै नगरमा निकै आवश्यक यस तालिमको प्रशिक्षण दिएकोमा नेपाल रेडक्रस सोसाईटिका प्रशिक्षक टोलिलाई आभार व्यक्त गर्नु भएको थियो।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने

भदौ २५, काठमाडौं । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा ३ द…