SamwadKhabar logo

               

पत्रपत्रिका

यूनिफाईड बचत तथा ऋण सहकारी सस्था न्यूरोडमा पनि सुभारम्भ

संवाद खबर

संवाद खबर

यूनिफाईड बचत तथा ऋण सहकारी सस्था न्यूरोडमा पनि सुभारम्भ
फागुन १४, काठमाडौँ । यूनिफाईड बचत तथा ऋण सहकारी सस्था  लिमिटेडको सेवा सेन्टर ताम्राकार महलमा  आजदेखि संचालन  भएको छ । सो सेवा सेन्टरको उद्घाटन नेपाल सरकारका सञ्चार मन्त्री  पार्वत गुरुङले गर्नु भएको थियो  । कार्यक्रममा मन्त्री गुरुङले आफुले यस संस्थाको लगानीलाई व्यवसायिक क्षेत्रमा मात्र नभई उत्पादनका क्षेत्रमा रहेको आफ्नो लगानीलाई अझै बढाएको हेर्न चाहेको बताए । साथै उहाँले यस्ता सहकारी संस्थाहरुबाट देशको आर्थिक मेरुदण्ड बलियो हुँदै गएको पनि उल्लेख गर्नु भएको थियो । कार्यक्रमको समापन सभामा बोल्दै उदयमान युवा उद्योगपती तथा सस्थाका अध्यक्ष जीवन चलाउनेले आज भन्दा ९ वर्ष पहिलेदेखि संचालन हुदै आएको यस सस्थाको अहिलेको लगानी र शेयर सदस्यहरुका साथै कर्मचारीहरुको सस्था प्रतिको बफादारिता देखेर आफै अचम्मित भएको कुरा व्यक्त गरेका थिए। उनले आफ्नो ८० प्रतिशत समय यस संस्थालाई दिँदै आएकोमा अझै आफनो समयलाई यस संस्था प्रति दत्तचित्त भएर दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।साधारणसभामा बोल्ने अतिथि तथा प्रमुख अतिथिले युवा उद्यमी जीवन चलाउनेको नेतृत्वमा रहेको यस सस्थासंग राष्ट्र र उद्यमीहरुका धेरै अपेक्षा र आशा रहेको कुरा उल्लेख गर्नु भएको थियो । करिब पाँच हजार शेयर सदस्य, एक सय भन्दा बढी कर्मचारी रहेको यस सस्थाको पूजी २ करोड २६ लाख कर्जा २६ करोड ६६ लाख रहेकोमा खराब कर्जा शुन्य रहेको छ । संस्थाले अघिल्लो आर्थिक वर्षमा ७८ लाख कमाएकोमा आउँदो आर्थिक वर्षमा १ करोड ४० लाख नाफा आर्जन गर्ने अपेक्षा गरेको छ । संस्थाले बिगतका वर्षहरुमा झैँ गर्दै आएको सामाजिक कार्यहरुलाई आगामी वर्षहरुमा अझै बढावा दिने कुरामा समेत प्रतिबद्धता व्यक्त गरेको छ । यसको मुख्य कार्यालय काठमाडौँ नयाँबजारमा छ भने काठमाडौँको कुलेश्वरमा पनि यस भन्दा अघिनै  सेवा सेन्टर स्थापना गरिएको छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

१२ मंसिर, काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६…

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

१० मंसिर, काठमाडौं । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरी रसुवा जिल्…

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

२९ जेष्ठ, काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट नयाँ सवारी दर्तामा साउनबाट अनिवार्य भनिएपछि …

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिन…