SamwadKhabar logo

               

अर्थ व्यवसाय

मेगा बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच विदेशबाट फर्केकालाई सहुलियत कर्जा प्रदान गर्न सम्झौता

संवाद खबर

संवाद खबर

मेगा बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच विदेशबाट फर्केकालाई सहुलियत कर्जा प्रदान गर्न सम्झौता
  फागुन १९, काठमाण्डौ ׀ मेगा बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच विदेशबाट फर्केकालाई सहुलियत कर्जा प्रदान गर्नको लागि सम्झौता भएको छ ׀ आफ्ना सदस्य उद्यमीहरुलाइ रिटर्नी माइग्रेन्ट नेपालले सिफारिस गर्ने र मेगा बैंकले अधिकतम १० लाखसम्मको कर्जा प्रवाह गर्नेगरी एक समारोहका बीच आज सम्झौता भएको हो ׀ सम्झौता अनुसार मेगा क्यापिटलले उद्यमीहरुको परियोजना प्रस्ताव तयार गर्ने, वित्तीय साक्षरता तथा ब्यबसायिक परामर्श प्रदान गर्ने कार्य गर्नेछ ׀ सो सम्बन्धि सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली, रिटर्नी माइग्रेन्टका तर्फबाट अध्यक्ष उत्तम अधिकारी र मेगा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ׀ समारोहमा बैंकका तर्फबाट बिना झन्झट सेवाग्राहीलाई सेवा उपलब्ध गराउने र त्यसका लागि असल उद्यमी सदस्यको पहिचान गरी संस्थाले गर्ने सिफारिस महत्वपूर्ण हुने प्रमुख कार्यकारी अधिकृत खुन्जेलीले बताउनुभयो ׀ रिटर्नी माइग्रेन्ट नेपालका तर्फबाट यस अघि बिभिन्न बैंकसंग भएका सम्झौता कार्यन्वयनका क्रममा देखिएका जटिलता दोहोरिन नदिन बैंकको उच्च नेतृत्व सचेत रहनुपर्नेमा जोड गरिएको थियो ׀ २०७५ सालमा स्थापित रिटर्नी माइग्रेन्ट नेपालले बैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई स्वदेशमै उद्यमी बन्न संगठित गर्दै क्षमता बिकास, सामुहिक लगानीमा प्रोत्साहनका साथै तथा सहुलियत कर्जामा सहजीकरण गर्दै आइरहेको छ ׀ यस अघि एनएमबी बैंक र सिटिजन बैंकसंग सहकार्य गरिसकेको अनुभव संस्थासंग रहेको छ ׀ ३५ भन्दा बढी जिल्ला साखा रहेको रिटर्नी माइग्रेन्ट नेपालमा पच्चीस हजार बढी सदस्य रहेको बताइएको छ ׀ सम्झौताका तिनै पक्षले बैदेशिक रोजगारबाट फर्केकाहरुको क्षमता बिकास र वित्तीय साक्षरताका लागि सघाउ गर्नेछन् ׀

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …