SamwadKhabar logo

               

तीर्थ परिचय

भारत सरकारको आर्थिक सहयोगमा, बूढानीलकण्ठ मन्दिर परिसरमा धर्मशाला भवन निर्माणको शिलान्यास

संवाद खबर

संवाद खबर

भारत सरकारको आर्थिक सहयोगमा, बूढानीलकण्ठ मन्दिर  परिसरमा धर्मशाला भवन निर्माणको शिलान्यास
चैत्र १, काठमाडौँ । बूढानीलकण्ठ मन्दिर परिसरमा धर्मशाला भवन निर्माणको शिलान्यास भएको छ। मन्दिर परिसरको उत्तरपुर्वि कुनाको खालि जमिनमा निर्माणाधिन धर्मशाला भवन शिवरात्रिको शुभ अवसरमा विशेष समारोह आयोजना गरी शिलान्यास गरिएको हो। भारत सरकारको आर्थिक सहयोग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्राविधिक समन्वयमा सुरु भएको धर्मशाला भवन निर्माणको भारतिय दुतावास नियोग उप प्रमुख नाम्ग्या सि खम्पा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक सुशील ज्ञावालीले संयुक्त रुपमा शिलान्यास गर्नु भएको थियो। धर्मशाला निर्माण गर्ने २०७७ माघ २९ गतेको संझौता अनुसार  कुल लागत  ५,८३,३९,४५२\- रुपैयाँमा  निर्माण हुन लागेको हो।  धर्मशाला भवन तिन तल्लाको हुने छ। भवन भित्र २३ वटा कोठा  हुने , प्रत्येक कोठामा ए.सी (AC) र बाथरुम को व्यवस्था रहने गरि डिजाईन गरिएको पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना निर्देशक श्यामकिशोर सिंहले जानकारी दिनुभएको छ। उहाले भन्नुभयो, “भवन निर्माण डेड वर्ष भित्रै सम्पन्न हुने गरी ठेकेदार कम्पनी संग संझौता भएको छ।” बिहिबार भएको शिलान्यास समारोहमा भारतिय दुतावास नियोग उप प्रमुख नाम्ग्या सि खम्पा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक सुशील ज्ञावाली, पुनर्निर्माण प्राधिकरण केन्द्रिय  आयोजना निर्देशक श्यामकिशोर सिंह, बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्दव प्रसाद खरेल, वडा ०२ अध्यक्ष राजेन्द्र खड्का,  बूढानीलकण्ठ मंदिर मठाधिश्वर १००८ स्वामी निगमानन्द महाराज, हिन्दु महासंघ अध्यक्ष चक्रबन्धु अर्याल,  बूढानीलकण्ठ सनातन धर्म अध्यक्ष विकास तामाङ, नारायणस्थान व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण खड्का , भक्तजनहरु लगायत समजासेवीहरुको उपस्थिति थियो। विशेष धार्मिक महत्व रहेको नगरपालिकाको चिनारी बूढानीलकण्ठ मंदिरमा धर्मशाला अभाव समस्या समाधान हुने गरी भारत सरकारबाट यस किसिमको सहयोग पाएकोमा नगरप्रमुख खरेलले धन्यबाद दिनु भयो। यस धर्मशाला निर्माण भए संगै मंदिर दर्शन गर्न आउने भक्तजनहरुलाई केहि समयको लागी बाँस स्थान अथवा धर्मशाला सुविधाको लागि मंदिर सधै सेवामा रहने जानकारी मठाधिश्वर निगमानन्द महाराजले दिनु भएको छ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

२४ साउन, काठमाडौं ।प्रत्येक वर्ष साउनभर गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसु…

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

पदम श्रेष्ठ २३ साउन, काठमाडौं । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको डहरे देउ…

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

२१ असार, काठमाडौं । धरान उपमहानगरपालिका२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको …

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

जेठ ८, काठमाडौं । पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा हरेक वर्ष चण्डीपूर्णीमाको अव…