SamwadKhabar logo

               

अर्थ व्यवसाय

चैतेधान रोप्न कृषक व्यस्त

संवाद खबर

संवाद खबर

चैतेधान रोप्न कृषक व्यस्त
चैत ३, चितवन । चितवन जिल्लामा चैतेधान रोप्न कृषक व्यस्त छन् । पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका, पश्चिम चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाका कृषक यतिखेर चैतेधान रोप्न व्यस्त भएका हुन् । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालका अनुसार जिल्लामा सात हजार ५०० हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिन्छ । उक्त क्षेत्रफलमा गत वर्ष ३९ हजार मेट्रिक टन धान उत्पादन भएको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका सूचना अधिकारी माधव पौडेलका अनुसार जिल्लामा १५ प्रतिशत चैतेधानको रोपाइँ सकिएको छ । विशेषगरी यो समयमा हर्दिनाथ–१, पिआर, चैते–५ लगायतका धान लगाइने गरिन्छ । फागुनको अन्तिम साताबाट चैतको तेस्रो सातासम्म चैतेधान रोपाइँ हुने उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्ष धानमा घाँटी मोरुवा रोगको समस्या देखिएपछि अहिले कृषकले धानको बीउ परिवर्तन गरेको कार्यालयका प्रमुख मेघनाथ तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गतवर्ष हर्दिनाथ–१ मा घाँटी मरुवा रोग देखियो, यस वर्ष कृषकले चैते–५ धानको बीउ बढी प्रयोग गरेका छन् ।” धान रोपाइँमा कृषकले आधुनिक मेसिनको प्रयोग गरेको कार्यालयले जनाएको छ । उहाँका अनुसार अहिले पूर्वी चितवनका दुईवटा सहकारीमा आबद्ध कृषकले मेसिनबाट धान रोपाइँ गरेका छन् । साना किसान कृषि सहकारी संस्था लिमिटेड खैरहनी कुमरोज र साना किसान कृषि सहकारी संस्था बछौलीले मेसिनबाट धान रोपाइँ गरेका हुन् । मेसिनले १० बिघा क्षेत्रफलमा धान रोपाइँ गरिने उहाँले जानकारी दिनुभयो । चैतमा लगाइएको धान जेठको अन्तिम सातादेखि असारको पहिलो सातासम्म कृषकले थन्क्याइसक्छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका संयोजक तेजप्रसाद बर्तौलाले अहिले नहरमा पर्याप्त पानी नहुँदा धान रोपाइँमा समस्या भएको बताउनुभयो । परियोजनाले बछौलीमा १९, कुमरोजमा २८ र कठारमा तीनवटा मोटर अनुदानमा दिएको उहाँले जानकारी दिनुभयो । पचास प्रतिशत अनुदानमा आएका मोटरको सहायताले धान रोप्ने काम भइरहेको उहाँको भनाइ छ । धान रोप्नका लागि खेताला नपाउने समयमा मेसिनको प्रयोग प्रभावकारी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बीउ राख्नका लागि केही झन्झट भए पनि रोपाइँका लागि मेसिनले सहयोग गर्ने रहेछ ।” रासस

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …